भदौ १३, नुवाकोट | नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो । त्यसपछि भदौ ६ गते ह्युम पाइप राखेर अस्थायी संरचना बनाई सवारीसाधन सञ्चालन गरिएको थियो । खोलामा आएको बाढीले सो अस्थायी संरचना पनि भत्काएपछि सडक पुनः अवरुद्ध भएको छ ।

खोलामा पानीको बहाव घटेपछि फेरि अस्थायी संरचना निर्माण थालिने प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, विदुर नपा–१० तिरतिरको भीरमा आज बिहान पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

August 29, 2018
नुवाकोट - NWK, रसुवा - RSW, समाज
पासाङल्हामु सडक अवरुद्ध
By kit
2 मिनेट पढाइ