२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुर्तिलेखे ढुङ्गालाई संरक्षण गर्न फलाँटेबासीद्वारा मन्दिर निर्माण, मन्दिरको उद्घाटन शनिबार हुने

१८ मंसिर २०७२, शुक्रबार ११:१४

डिल्लीराज रावत, मंसिर १८, सल्यान / सिद्धेश्वरी सल्यानको मध्यभागमा पर्ने कुमाखको फेदीमा रहेको गाँउ हो । कुमाखको पहिचान संग जोडिएको सिद्धेश्वरीमा विभिन्न धार्मिक गुफा तथा मुर्तिहरु रहेका छन । सोहि अन्तरगत परापुर्वकाल देखि सिद्धेश्वरीको फलाँटेमा रहेको मुर्तिलेखे ढुङ्गालाई स्थानियबासीले व्यवस्थापन गरेका छन । सिद्धेश्वरीको वडा नं. ७ फलाँटेमा रहेको उक्त ढुङ्गामा रहेको मुर्ति बर्षेनी वरपर सर्ने स्थानियबासि हरि बहादुर रेउलेले बताएका छन ।

Exif_JPEG_420

Exif_JPEG_420

हाल स्थानियबासीले मुर्तिलेखे ढुङ्गाको संरक्षणका लागि वरिपरि गाह्रो बनाई संरक्षण गरेका छन भने उक्त ढुङ्गाको परिसरमा पर्खाल लगाई विचमा मन्दिर निर्माण गरेका छन । स्थानियको ठुलो जनश्रमदानमा उक्त मन्दिरको निर्माण गरिएको छ । उनिहरुले अमृत रेउलेको अध्यक्षतामा मूर्तिलेखे सिद्धगुफा पर्यटकिय तथा साँस्कृतिक संरक्षण समूह समेत गठन गरि मन्दिरको प्रचार प्रसार र व्यवस्थापनमा लागेको बताउछन ।

३ लाख बरारको स्थानियवासीको श्रमदान, यूवा तथा वृद्धल छुट्टाछुट्टै खेलेको भैलोको ४४ हजार आठ सय र स्थानियबासीबाट संकलित चन्दा सहयोग ९ हजार ३ सय १० बाट उक्त मन्दिर निर्माण गरिएको हो । उनिहरुले शनिबार एक औपचारीक कार्यक्रम गरि मन्दिरको उद्घाटन गर्ने जनाएका छन ।
मन्दिरको लागि आवश्यक अन्य मुर्ति र घण्टका लागि स्थानिय सर्वव्यापी यूवा समूहले सहयोग गर्ने संरक्षण समूहका सदस्य समेत रहेका हरि बहादुर रेउलेले जानकारी दिएका छन ।
कुमाख आफै साँस्कृतिक तथा पर्यटकिय महत्वको स्थान हो र यसको फेदीमा धार्मिक रुपमा महत्व बोकेका विभिन्न गुफा तथा मुर्तिहरु पाइन्छन । त्यस्तै गरि सिद्धेश्वरीमा यस्ता पर्यटकिय स्थानहरु रहेका छन । तिनिहरुको पहिचानका लागि स्थानिय स्तरबाट गरिने यस्ता गतिविधिले जिल्लामा हुने गरेका पयटकिय तथा धार्मिक संघ संस्थालाई छुन जरुरी छ ।
क्याप्सनः स्थानियले बनाइएको मन्दिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ