2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

होटल ब्यबसायी संघ ओखलढुगांको पहिलो साधारणसभा सम्पन्न

Hotel okhaldhunga

पूर्णप्रसाद
न्यौपाने । असोज २२, ओखलढुंगा । होटल ब्यबसायी संघ ओखलढुगांको पहिलो साधारण सभा आज सम्पन्न भएको छ ।
संघले स्थापना तथा आधिकारीक दर्ता भएको एक महिना पुरा नहुँदै आज पहिलो साधारण सभा गरेको हो । सम्पन्न
साधारण सभाले केहि समय अघि गठित तदर्थ समितिलाई पूर्णता दिएको छ । व्यापक छलफल र परामर्श पछि सह सचिवमा
कविता चौलागाई मनोनयन गर्दै तदर्थ समितिलाई साधारण सभाले पूर्णता दिएको हो ।

थगेन्द्रराज राईको अध्यक्ष्यतामा रहेको संघको उपाध्यक्ष्यमा कमला राई, सचिवमा श्याम
तामाङ कोषाध्यक्ष्यमा बिजय तामाङ लगाएतका रहनु भएको छ । साधारणसभाबाट जिल्लाका होटल व्यवसायलाई
व्यवस्थीत बनाउन अनुगमन र सल्लाहकार समिति समेत गठन गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण होटल, गेष्ट
हाउस रेष्टुरेन्ट, खाजा घर, तथा चिया पसलहरुलाइ सदस्यता लिएर केहि समय भित्रै जिल्लामा होटल व्यवसाय
व्यवस्थापन र पर्यटन प्रवद्र्धनको ढोका खोल्ने होटल व्यवसायीसंघ ओखलढुंगाले जनाएको छ ।

यसैविच पर्यटन प्रवद्धनका लागि होटल व्यवसाय व्यवस्थीत बनाउन आवश्यक रहेको
ओखलढुंगामा आयोजीत एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । एक महिना अघि गठित होटल व्यवसायीसंघ
ओखलढुंगाले आज सदरमुकाममा आयोजना गरेको प्रथम साधरण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रमका
वत्ताहरुले पर्यटन प्रवद्धनका लागि होटल व्यवसाय व्यवस्थीत बनाउन आवश्यक रहेको औल्याएका हुन्

होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईको सभापत्तीत्व
तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष सचनाराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने
राजनैतीक दलका नेता कार्यकर्ता तथा सरोकारवालाहरुले ओखलढुंगामा होटल व्यवसायीसंघको आवश्यकता वर्षौ
अघिदेखि महसुस भएको भएपछि भर्खर स्थापना भएको भन्दै अब संघले अपेक्षीत काम गर्न सक्नुपर्ने बताएका छन् ।
अधिकांश वत्ताहरुले पर्यटनको विकास गर्नु सरकारको दायीत्व भित्र पर्ने भएपनि होटल व्यवसायसँग पर्यटन
प्रवद्धनको पहिलो र मूख्य सम्बन्ध रहेको बताएका छन् । ओखलढुंगाका होटल तथा लजहरु अझैपनि व्यवस्थीत र
सरसफाई युक्त नरहेको भन्दै यसको व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले होटल व्यवसायीसंघलाई आग्रह
गरेका छन् ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्था तथा
निकायका प्रतिनिधी व्यवसायी,बुद्धिजिवी पत्रकार,सञ्चारकर्मी लगाएतको उल्लेख्य उपथिती रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईले होटल व्यवसाय
राज्य सञ्चालनको एउटा मेरुदण्ड रहेको भन्दै जिल्लामा रहेका सबै होटल व्यवसायलाई कानुनी मापदण्डमा
ल्याउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहभागिहरुले विजया दशमी तथा शुभदिपावलीको अवसरमा एक
अर्कामा शुभकामना आदान प्रदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई