२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घरभित्र मोटरसाईकल पस्दा एक घाईते

२०७५, १३ भाद्र बुधबार १५:१२

चिसाङ शेर्पा | भदौ १३, खोटाङ | खोटाङमा मोटरसाईकल अनियन्त्रित भई ठक्कर दिंदा एकजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा निजी प्लेटको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पसेर ठक्कर दिंदा दिक्तेल हाटडाँडाका स्थानिय किसन राई घाईते भएका हुन् ।

खाल्लेका मोटरसाईकल चालक शंकर कट्वालले हाटडाँडाबाट बालबच्चा लिएर बोर्डिङ लैजाने क्रममा मोटसाईकल अनियन्त्रित भएपछि घाईते राईको घरभीत्र पसेर ठक्कर दिंदा देव्रे खुट्टामा गम्भीर चोट लागेको छ । भने, मोटरसाईकलमा चडेका दुईजना बालबच्चा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाईकल अनियन्त्रित भएपछि केही व्यक्तिको घरको ढोका र पार्किङमा राखेको दुईवटा मोटरसाईकलमा क्षति पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल हाटडाँडा भानुचोक नजिकै केहीबेर फिल्मी शैलीमा जताततै गुडेको थियो । 

देव्रे खुट्टामा चोट लागेका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाण्डौं रेफर गरिएको स्थानीय प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाईकल चालक कट्वाल र मोटरसाईकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक मनोज यादवले जानकारी दिए । मोटरसाईकल चालकसँग लाइसेन्स समेत नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु