२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनताका घरघरमा ओखलढुंगाका सिडियो–डिएसपी (फोटो फिचर)

२६ आश्विन २०७२, मंगलवार २०:५३

cdo-dsp gauma4

पूर्णप्रसाद न्यौपाने/असोज २७, ओखलढुंगा । ओखलढुंगाका
प्रशासकहरु जनताका घरघरमा पुग्न थालेका छन् । स्थानिय जनताहरुका समस्या र आवश्यकता बुझ्दै जिल्लाको
समग्र विकासका लागि पहल गर्ने उद्धेश्य सहित प्रशासकहरु जनताका घरघरमा पुग्न थालेका हुन् । गाँउ गाँउमा
पुगेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख समक्ष स्थानियहरुले निर्धक्क भएर आफ्ना समस्या र
गुणासाहरु सुनाउने गरेका छन् ।

cdo-dsp gauma10

जिल्लाको ग्रामिण क्षेत्रका जनताका घरघरमा पुगेर प्रमुख जिल्ला अधिकारी यादव
सुवेदी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले स्थानिय स्तरका सर्वसाधारणहरुको
आवश्कता र चाहना बुझ्दै घरघरमा पुग्ने अभियान थाल्नु भएको छ । जिल्लाका प्रमुख प्रशासकहरुको घरदैलो
अभियानले ग्रामिण क्षेत्रका सर्वसाधारणमा समेत खुःसीयाली छाएको छ । ‘हामी धेरै खुःसी छौँ,जिल्लाका
प्रमुख प्रशासकहरु हाम्रो घरघरमा आएर कम्तीमा पनि समस्या त बुझ्नुभयो नि’सेर्नाका यूवा चिरन भट्राईले
भन्नुभयो‘हामीलाई आशा पनि छ,अब हाम्रा समस्या केहि भएपनि सम्बोधन हुनेछन् ।’ घरघरमा पुगेका
प्रशासकहरुलाई स्थानियहरुले भव्य स्वागत र सम्मान गर्नेगरेका छन् ।

cdo-dsp gauma9

जिल्लाबासीका कुरा सुन्न गाँउ गाँउमा पुगेका प्रमुख जिल्ला अधिकारी र जिल्ला
प्रहरी प्रमुखलाई स्थानियहरुले खुशिसंगै आफुहरुका गुनासा र समस्याहरु पनि सुनाउने गरेका छन् ।‘यहाँ
भ्रष्टचार र अनियमीतताको समस्या छ,अनि जनतालाई सेवा दिने प्रहरी पनि यहाँ समस्यामा छन् त्यसैले प्रहरी
चौकि स्थापना पनि हुनुप¥यो,सिडियो साप’ पोखरेका एकनारायण श्रेष्ठले अनुरोध गर्दैभने । मादक पदार्थ
सेवन,भ्रष्टचार,विकास निर्माणमा ढिला सुस्ती लगाएतका गुणासाहरु स्थानियहरुले एक पछि अर्को गर्दै
स्थानियले सुनाएका छन् ।

cdo-dsp gauma8

केहि समय अगाडि देखि सुरु भएको प्रशासकहरुको गाँउघर घुमफिर अभियान जिल्लाका आधा
भन्दा बढि गाविसमा पुगिसकेको छ । जनताका समस्या,ग्रामिण क्षेत्रमा भईरहेको विकास निर्माण,विकास प्रतिको
जनताको चासो, शान्ति सुरक्षाको अवस्था, लगाएतका विषयमा जानकारी लिँदै भूकम्प पीडित जिल्ल्लाबासीका
घरघरमा पुगेर दुखसुख साटासाट गर्न पाउदा छुट्टै खुसी लागेको भन्दै जिल्लाका सबैगाविसमा पुग्ने योजना
रहेको प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनुभयो ।

cdo-dsp gauma7

‘जनताका समस्या बुझ्दै केहि नयाँ र रोचक काम गर्ने अनि आवश्यकता अनुसारको सेवा
दिने वातावरण बनाउन नै हामी जनताका घरघरमा पुगिरहेका छौँ’प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो‘हामी
केहि समय भित्रै सबै गाविसका जनतालाई भेट्छौँ र स्थानिय स्तरका गुणासा र समस्या सम्बोधनमा लाग्छौँ ।’
आफुहरु घरघरमा आएका बेला निर्धक्क भएर आफ्ना कुरा राख्न उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभयो

cdo-dsp gauma6

प्रमुख जिल्ला अधिकारी र जिल्ला
प्रहरी प्रमुखले गाँउ गाँउमा पुगेर महिला हिँसा तथा घरेलुहिँसा न्यूनिकरण देखि गाँउतहमा हुन सक्ने सबै
प्रकारका हिँसा तथा अपराधका घटना न्यूनिकरणमा लाग्न सबै स्थानियहरुलाई आग्रह गरिरहनुभएको छ । यसरी
जिल्लाका बिभिन्न क्षेत्रहरुमा पुगेर हेर्र्दा जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको भन्दै
नजीकीँदो पर्व दशै र तिहारको समयमा पनि जिल्लामा कुनै अप्रीय घटना नघटेनेमा आफु विश्वस्त रहेको जिल्ला
प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक दिपेन्द्र शाहले बताउनुभयो ।

cdo-dsp gauma3

‘नेता र अरु सरोकारवालाहरु त भाषण मात्रै गर्नेत हुन् हामी प्रहरी र प्रशासन नै
हो जनताको काम गर्ने’ प्रहरी प्रमुख शाहले भन्नुभयो‘भौगोलीक विकटता लगाएतले गर्दा समस्या त छनै तर
जनतासँग बसेर कुरा गर्न पाउँदा खुःसी छौँ ।’ प्रशासकहरुले गाँउ गाँउमा पुगेर स्थानियहरुलाई नजीकिँदै
गरेका पर्वहरु कमखर्चीलो र व्यवस्थीत तरिकाले मनाउन आग्रह पनि गरेका छन् ।

cdo-dsp gauma2

ओखलढुंगाका प्रशासकहरुको घरदैलो अभियानले निकै चर्चा पाएको छ । चर्चा योग्य काम
गरेर प्रशासकहरुले जनपक्षीय प्रशासकको पहिचान बनाईरहेका बेला जनताका घरघरमा पुगेर समस्या बुझ्ने प्रयास
गर्ने प्रशासकहरुले जनताका समस्या समाधान र आवश्यकता परिपुर्तीका लागि पहल गर्न सक्नुपर्ने आवाजहरु पनि
उठिरहेका छन् ।

cdo-dsp gauma1 cdo-dsp gauma

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प आज काठमाडौँका तीन स्थानमा प्रदर्शन सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?