२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा तिर्न नसकेर अस्पतालमा बन्धक जस्तै बनाईएका बिक आज मुक्त

१५ भाद्र २०७५, शुक्रबार १६:२१

प्रेम सुनार | भदौ १५, बुटवल | कतिपय निजी श्रोतबाट सञ्चालित अस्पताल सञ्चालक समितिका अगुवाहरुले औपचारिक कार्यक्रममा भन्ने गर्दछन हामीले अस्पताल पैसा कमाउनका  लागि खोलेका होईनौं, जनतालाई स्वास्थ्य सेवा दिनका लागि खोलेका हौं ।  तर त्यस्ता गफ गर्ने अस्पताल सञ्चाकहरुका अस्पतालहरुमा  पैसा नभएको मान्छे छिरेर पिशाव फेर्न पनि गाह्रो छ । 

त्यसको ज्वालन्त उदाहरण हो  बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा पैसा  उपचार गरेको रकम तिर्न नसकेर १५ महिना सम्म त्यही बन्धक जस्तै बनाईएका एक युवाको घटना । दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती यु पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वर्षीय सुरज विक उपचार खर्च तिर्न नसकेर विगत १५ महिनादेखि अस्पतालमै बन्धक जस्तै भएर बसेका थिए ।

उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज भने त्यस अस्पतालसँगको सहमति पछि घर फिर्ता पठाइएको छ । अस्पतालले उनको बिल मात्र रु १२ लाखभन्दा बढी बताएपछि उक्त रकम तिर्न नसक्दा सुरज घर फर्कन पाएका थिएनन् ।मोटरसाइकल दुर्घटना भएर चार ठाउँमा खुट्टा भाँचिएका सुरजको उपचारका लागि झण्डै ६ महिना लागे पनि त्यसपछि भने उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै बस्नु परेको थियो । रकम तिर्न नसकेर युवक बन्धक बनेको जानकारी पाएपछि अस्पतालले २५ प्रतिशत सहुलियत छुट दिने सहमतिमा आज उनलाई मुक्त गरेको हो ।


ईलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, वडा नं ८ का प्रतिनिधि र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुटबाहेक बाँकी रकम पुस मसान्तभित्र विभिन्न सङ्घसंस्थामार्फत जम्मा गरेर बुझाउने सातबुँदे सहमति भएको थियो ।सहमतिमा अस्पतालले २५ प्रतिशत रकम छुट गर्ने, फार्मेसी, क्यान्टिन, अस्पतालमा भएको खर्च रकम पुस मसान्तसम्ममा भुक्तानी गर्ने, विभिन्न सङ्घसंस्थाहरुबाट सहयोग सङ्कलन गर्ने, बिरामी विकलाई उनको बुबा भगवती र दाजु दीपकको रोहवरमा दिनेलगायतका सातबुँदे सहमति जनाईको छ । केहि दिन अघि पाप्ला प्रवास अस्पतालमा पनि  भर्ना हुने पैसा नभएर गुल्मीका एक विरामी वालकलाई माथी सरकारी अस्पताल मिशनमा लगेर भर्ना गर्नु परेको थियो । सरोकारवाला भन्छन निजी श्रोतका अधिकांस अस्पताल सेवाका लागि होईन मेवा’का लागि हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य