2026-10-15 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असोजदेखी क्षेत्रीय अस्पतालमै ‘सिटी स्क्यान सेवा’

भदौ १६, सुर्खेत | कर्णालीका नागरिकले सिटी स्क्यानकै लागि नेपालगञ्ज वा नीजि अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँले आगामी असोजदेखी सिटी स्क्यान सेवा शुरु गर्नेभएपछि विरामीहरुलाई बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

क्रमिक रुपमा सेवामा अब्बल बन्न लागेको क्षेत्रीय अस्पतालले असोज १ गतेदेखी सिटी स्क्यान सेवा शुरु गर्दैछ । अस्पतालले हाल नयाँ भवनमा सिटी स्क्यानका लागि आवश्यक संरचनाहरुको खडा गरिरहेको छ । स्वास्थ्य सेवा विभागले सिटी स्क्यान मेशीन दिएपछि संरचना निर्माण कार्य अन्तिम चरणमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । अस्पतालले विभागको सहयोगमा मेशीन सुर्खेत ल्याइसकेको छ । ‘मेशीन अस्पतालको नयाँ भवनमा राखिसकेका छौं ।’ बस्नेतले भने, ‘असोजदेखी सेवा शुभारम्भ गर्नेगरी काम अन्तिम चरणमा छ ।’

अस्पतालले सिटी स्क्यानका लागि आवश्यक संरचना निर्माणार्थ झण्डै २० लाख रकम खर्चिएको छ । सिटी स्क्यान कोठमा प्रयाप्त पानी, विद्युत लगायतका संरचनाका लागि उक्त रकम खर्चिएको बस्नेतको भनाई छ । ‘टाउको सम्वन्धी विरामीले सिटी स्क्यानकै लागि नीजि अस्पताल वा बाहिर जानु पथ्र्यो’ बस्नतेले थपे, ‘अस्पतालले नै मेशीन भित्राएपछि उपचारकै लागि अब बिरामीहरुले बाहिर धाउने पर्ने बाध्यताको अन्त्य भएको छ ।’ अस्पतालले सिटी स्क्यान गर्ने विरामीहरुको प्रकृति हेरेर शुल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिले उपचारको प्रकृति हेरेर अस्पतालले बिरामीहरुबाट कम्तीमा तीनहजारदेखी पाँचहजारसम्म शुल्क लिने निर्णय गरेको बस्नतेले बताए । 

अस्पतालमा सिटी स्क्यानका लागि यस अघि नै दरवन्दी कायम गरेको थियो । उक्त दरवन्दीमा रेडियोजोलिष्ट डा. रविन खड्का  कार्यरत थिए । हाल खड्का काजमा भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट पदमा कार्यरत छन् । ‘अस्पतालमा कार्यरत डा. खड्का भरतपुर अस्पताल जानुभएको छ ।’ बस्नेतले भने, ‘अस्पतालले दरवन्दी माग गरेर सेवा शुरु गर्ने तयारीमा छौं ।’ अस्पतालले केन्द्रीय र प्रदेश सरकारलाई तत्काल सिटी स्क्यान हेर्ने रेडियोलोजिष्ट डाक्टरको व्यवस्था गर्न माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु