२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडाद्वारा आर्थिक बर्ष २०७५/७६को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई

२०७५, १८ भाद्र सोमबार १४:३२

भदौ १८, मकवानपुर | प्राकृतिक जलासय मत्स्य प्रबद्धन एवं संरक्षण केन्द्र हेटौँडाले आर्थिक बर्ष २०७५/७६को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । 

कार्यक्रममा केन्द्रका प्रमुख सानुकाजी पछाईले आर्थिक बर्ष २०७४/७५मा केन्द्रले  गरेको प्रगती र देखिएका समस्याहरु सुनाउनुभएको थियो । केन्द्रले आर्थिक बर्ष २०७४/७५ मा ह्यचलिङ्ग ६ करोड उत्पादन लक्ष्य राखेकोमा लक्ष भन्दा बढि उत्पादन गरेको छ। त्यस्तै ३० लाख फ्राइमाछा उत्पादन लक्षराखिएकोमा सोहि बरावर प्रगती भएको जनाइएको छ। 

यस्तै केन्द्रले यस आर्थिक बर्षमा ७ मेटिक टन खानेमाछा उत्पादन गरेको केन्द्र प्रमुख पछाईले बताउनुभयो ।  केन्द्रमा उत्पादन हुने माछाको लागि जाडो याममा आउने साईवेरियन हांसवाट हुने क्षतिमुख्य समस्याको रुपमा रहेको छ । पछिल्लो समय त्यसको नियन्त्रणको लागि पनि काम भइरहेको केन्द्रले जनाएको छ । अघिल्ला बर्षहरुमा बार्षिक ८ लाख बराबर साईवेरियन हांसवाटै नोक्सान हुने गरेको थियो । 

त्यस्तै वारवन्देजको अभावमा उत्पादित वस्तु चोरि हुने गरेको छ भने  भुकम्पवाट पोखरीमा क्षती पुगेकोले पानी नअडने समस्या उत्पन्न भएको पनि प्रमुख पछाईले बताउनुभयो । त्यस्तै  केन्द्रको पानिको श्रोतको रुपमा रहेको घट्टे खोलाको पानि अत्याधिक अतिक्रमण तथा जलवायु परीवर्तनको कारण न्युन रहेकोले माछा पोखरी संकटमा पर्ने खतरा रहेको बताउनुभयो । चोरी रोक्न पाले पहरालाइ थप चुस्त दुरुस्त बनाइ केन्द्रको माथिल्लो भागमा बार बन्देज कार्य सम्पन्न गरिएकोले अव यस्ता समस्या हट्दै जाने उहाँको अपेक्षा रहेको छ । 

त्यस्ते पोखरीको लागि अवस्यक पानिको श्रोत थप्नको लागी निरन्तर प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । यस केन्द्रको स्थापना २०२४ सालमा भएको हो। स्थित हेटौडा  ५ पिप्लेमा अवस्थित यो केन्द्र ४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। केन्द्रको स्थापना २०२४ सालमा भएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु