Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 3, 2018 झापा - JP, समाज

१४ बर्षीय किशोरी सामुहिक बलात्कारको सिकार, तीन पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

<p>भदौ १८, झापा | झापामा एक १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामुहिक बलात्कारको सिकार बनेकी किशोरीमा उनीहरुले गेष्टहाउसमा लगेर बलात्कार गरेका थिए । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-१ का सुमन राई तथा समिर श्रेष्ठ र कमल गाउँपालिका-५ का किरण श्रेष्ठ रहेका छन् ।<br></p><p>सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउसमा कार्यरत थिए । ति किशोरीमा बलात्कारका आरोपी हरुले साउन २९ गते बिहान ३ बजेतिर सामुहिक बलात्कार गरेका थिए । दमकमा डेरा गरेर बस्ने किशोरी कक्षा ९ मा अध्ययनरत थिइन् । सुमनले ललाइफकाई मोटरसाइकलमा राखेर घुमाउन लगेका थिए । दिनभरी घुमेर बेलुका दमक फर्किएपछि सुमनले किशोरीलाई गेष्ट हाउस लगेका थिए । राति गेष्ट हाउसमै बस्ने क्रममा बिहानको ३ बजेतिर सुमन उठेर नास्ता लिन भन्दै बाहिर निस्किएका थिएत्यस क्रममा कोठामा समिर पसेका थिए । त्यसपछि गेष्टहाउसमा काम गर्ने किरण पनि पसेर किशोरीलाई जबर्जस्ति गरेका थिए ।&nbsp;</p><p>बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको छ। उनीहरु पक्राउ परेलगत्तैदेखि मिल्न पीडित पक्षलाई दबाब आउन थालेको छ। दबाबका कारण किशोरी डेरामा बसेर विद्यालय जान पाइरहेकी छैनन्। दैनिकजसो नयाँ अनुहारका व्यक्ति आएर मिल्न दबाब दिएपछि उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन्।</p>