२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुगामा सञ्चालीत होटलहरु बन्द हुने अबस्थामा

१३ कार्तिक २०७२, शुक्रबार २०:२३

पूर्णप्रसाद न्यौपाने/कात्तिक १४, ओखलढुंगा । ओखलढुगामा
सञ्चालीत होटलहरु बन्द हुने अबस्थामा पुगेका छन् । भारतले गरेको भनिएको अघोषित नाकाबन्दी तथा लामो समयको
तराई बन्दको प्रभाव ओखलढुंगाको होटल व्यवसायमा पनि परेको हो ।

तराइबाट आयात हुने उपभोग्य सामाग्री तथा ग्यासको चरम अभाव भएपछि होटल सञ्चालनमा समस्या आएकोले
जिल्लामा सञ्चालीत होटलहरु बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीसंघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो ।

‘अहिले होटलमा गेष्टहरु नआइदिँदा पनि चिन्ता
छ, आइहाले भने झनै समस्या छ’ राईले भन्नुभयो ‘ग्यासको विकल्पमा दाउराको प्रयोग गरीएको छर तर दाल चामल
नुन तेल लगाएतका दैनिक उपभोग्य सामग्र्री बजारमा उपलब्ध हुन छोडेपछि होटल ब्यबसाय ठप्प हुने अवस्थामा
पुगेको छ ।’ इन्धन र आवश्यक खाद्यन्न अभावले ग्राहकलाई सेवा दिन नसक्दा अधिकांश होटल व्यवसायीको यस्तै
नियति बनेको छ ।

अहिले सम्म स्टक रहेको सामग्रीले जसोतसो
ब्यवसाय संचालन गरेको भएपनी स्टक रहेको सामग्री समेत सकिएको र बजारमा सामग्रीको अभावले होटल खोल्नेकी
बन्द गर्ने भन्ने अन्यौलता छाएको होटल व्यवसायीहरुको भनाई छ । ‘ग्राहक नआउँदा पनि किन आएनन् भनेर चिन्ता
हुन्छ, आइहाले भने पनि किचनमा ग्यास छैन, गाडीमा तेल छैन, कसरी सेवा दिने भनेर तनाव हुन्छ’ एक
व्यवसायीले भने‘यो समस्या लम्बियो भने होटल बन्द गर्नुको बिकल्प छैन ।’
यसैविच होटल व्यवसायीसंघ
ओखलढुंगाले व्यवसाय सञ्चालनमा समस्या हुँदा सेवा प्रवाह गर्न नसक्ने अवस्था आएको भन्दै समस्या समाधानका
लागी पहल गरीदिन स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ ।

‘साना होटलले त दाउरामा पकाउलान, पकाइरहेका पनि छन्, तर ठूला होटलमा दाउरा बाल्न सम्भव
छैन,होटललाई अत्यावश्यक सेवाको सूचिमा राखिए पनि इन्धन उपलब्ध गराउन सरकार हिचकिचाइरहेको छ, ठूला होटल
बन्द भएमा पर्यटन क्षेत्रमा त्यसको गम्भिर असर पर्छ ।’

श्रीगञ्ज
होटलका प्रोवाईटर समेत रहनुभएका होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईले भन्नुभयो ‘यो समयदेखि
ग्याँस पाईन्छ,खाद्यन्नको सहज ढुवानी हुन्छ भन्ने आभाष पनि भएन, अन्यौलता भयो,यस्तै अवस्था हो भने होटल
बन्द गर्ने पक्षमा हामी नभए पनि बन्द गर्नुको विकल्प हुनेछैन त्यसैले राज्यले हाम्रो समस्या बुझिदिनु
प¥यो ।’ चिनबाट आयातहुने ग्याँस समेत राजधानीमा मात्रै नथुपार्न भन्दै जिल्लामा ल्याउने पहल गर्न संघले
स्थानिय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प आज काठमाडौँका तीन स्थानमा प्रदर्शन सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?