२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दुबै मृगौला फेल भएका वालिकालाई ३७ हजार आर्थिक सहयोग

२०७५, १९ भाद्र मंगलवार १२:०४

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | दुबै मृगौला फेल भएका वालिकालाई आर्थिक सहयोग गरीएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई थप उपचारका लागि ३७ हजार बढी आर्थिक सहयोग गरिएको छ । बैदेशिक रोजगार सरोकार समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरेशन नेपाल हेल्भेटास, सुरक्षित आप्रावासन परियोजना सामी, वालसेवा समाज नेपालको संयुक्त सहकार्यमा संकलित ३७ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग गरिएको बैदेशिक रोजगार सरोकार समाज दिक्तेलले जनाएको छ ।


सोमबार र मंगलबार दिक्तेल बजारमा संकलन गरिएको रकम सोही दिन दिउँसो एक कार्यक्रमको आयोजना गरी रोगी बालिका सुस्मिता, बालिकाको आमा लक्ष्मी विश्वकर्मालाई बैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राई, सुरक्षित आप्रवासन परियोजना (सामी) जिल्ला संयोजक भक्तकुमार राई, बालसेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम संकलनमा बैदेशिक रोजगार सरोकार समाजले मुख्य भूमिका निर्वाह गरेको थियो । सरोकार समाजले २६ हजार ४ सय २५ र सामी समुहले ७ हजार ७ सय तथा हस्तान्तरण कार्यक्रममा अन्य तीनजनाले तीन हजार सहयोग गरेको थियो । 


वाल्यकालमा नै दुबै मृगौला रोगको शिकार बनेकी बालिका सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको उपचारमा संलग्न चिकित्सकले बताएको मामा भलकाजी विश्वकर्माले बताए । आर्थिक अवस्था कमजोर भएको सुस्मिताको बुबा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामै गायब भएका छन् । 

हिलसाईड स्याम्पल एकेडेमीको शाखा मुढेमा कक्षा दुईमा अध्ययनरत बालिकाको मृगौला फेल भएकै कारण पढाई बन्द भएको छ । उपचारका लागि भएभरको पैसा सकिएको तर, छोरी ठिक नभएपछि परिवार चिन्तित बनेकोे छ । उपचारमा धेरै खर्च हुंदा परिवार ऋणमा डुबेको छ । दुवै मृगौला फेल भएकी सुस्मिता हाल कान्ती वाल अस्पताल काठमाण्डौका चिकित्सकको निगरानीमा रहेर मंसिर २ गतेसम्मका लागि औषधी खाईरहेका छन् ।

रकम अभावमा अस्पतालमा बस्ने स्थिती नभएपछि आइतबारदेखी छोरीलाई लिएर घरमा आएको सुस्मिताको आमा लक्ष्मीले बताईन् । सुस्मिताको देव्रे मृगौलाले ७५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नलाई साढे दुई लाखदेखी तीन लाखसम्म लाग्ने परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिता बचाउका लागि साउदी, दुवाई र कतारमा आफन्तको सहयोगमा रकम संकलन भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा