2026-10-22 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अवैध सुन, चाँदी र १२ लाख नगदसहित पक्राउ परेका युवक सार्वजनिक

भदौ २०, चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज यहाँ सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र रु १२ लाख नगद सार्वजनिक गरेको हो ।

पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई सार्वजनिक गरिएको हो । सो अवसरमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएको बताउनुभयो । पाटिलले अवैधरुपमा ल्याएको सुन बिक्री गरेको रु १२ लाख प्रहरीले बरामद गरेको जनाएको छ ।

सो अवसरमा दिइएको जानकारीअनुसार रसुवा जिल्लास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैधरुपमा सुन भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका पाटिलले उक्त सुन एक भारतीय नागरिकबाट खरीद गरेको बयानमा बताएका छन् । नियन्त्रणमा लिइएको सुन, चाँदी बजार मूल्यअनुसार रु एक करोड बराबरको रहेको छ ।

बरामद गरिएको सुन, चाँदी, नगद र पक्राउ परेका व्यक्तिसमेतलाई प्रारम्भिक अनुसन्धानपश्चात् भन्सार ऐन २०७४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइने प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ