५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२३ अंकले बढ्यो नेप्से, ७० करोडको कारोबार

२० भाद्र २०७५, बुधबार १२:१४

भदौ २०, काठमाडौं | नेपालको शेयर बजारमा आज उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि हिजोको करिब ५२ करोडको कारोबार भएकोमा आज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। नेप्से परिसूचक १२ सय ३४.१६मा पुगेको छ।

साताको सुरुवातसँगै नेप्सेमा बृद्धिले निरन्तरता पाइरहेको छ। आज १६७ कम्पनीको  २३ लाख ७२ हजार कित्ता शेयरहरु किनबेच भएका थिए। सबैभन्दा धेरै कारोबार आज कुमारी बैंककोमात्र ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भयो भने एनएमबी बैंकको ४ कारोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।

यस अघि कुनै निश्चित कम्पनीकोमात्र ठूलो परिमाणको कारोबार हुने गरेकामा आज विभिन्न वाणिज्य बैंकका शेयरहरु करिब समानान्तर रुपमा कारोबार भएको देखिएको छ। घेरै रकमको काराबोर हुने १० कम्पनीमध्ये ९ बाणिज्य बैंकनै छन्।

समूहगत परिसूचकहरुमा पनि ११ मध्ये ९ समूहमा उच्च बृद्धि देखिएको हो। सबैभन्दा धेरै निर्जीवन बिमा समूह१६२ अंकले बढेको छ भने जीवन बिमा समूह ९५.१९ अंकले बृद्दि भएको छ। बैंकिङ समूहमा २२.७४ अंकको बृद्धि देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता