2026-10-15 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरी माथि हुने अघोषित अपराध रोकौंः वीरेन्द्रनगर नगरपालिका प्रमुख सुवेदी

भदौ २३, सुर्खेत | वीरेन्द्रनगरमा अघोषित रुपमा छोरीहरुको भ्रुण हत्या हुने गरेकोमा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले चिन्ता व्यक्त गरेका छन् । मिस टिन सुर्खेत २०१८’ प्रतियोगिताको जानकारी दिन मिडवेष्र्टन फिटनेस सेन्टरले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख सुवेदीले छोराकै लागि छोरीहरुलाई भ्रुण हत्या भइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उनले वीरेन्द्रनगरमा छोरीभन्दा छोराहरुको संख्या बढी रहेको तथ्याङ्क नगरपालिकासंग रहेको बताए । ‘समाजमा छोरीहरुले राम्रो काम गरेको थुप्रै उदाहरण छन्’ सुवेदीले भने, ‘छोराकै आशमा छोरीलाई गर्भमै हत्या गर्नु अघोषित अपराध हो । यसलाई रोक्न सबै जाग्नु पर्ने बेला आएको छ ।’ छोरी सौन्दर्यताका पात्र मात्रै नभएको भन्दै सुवेदीले समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्तो अपराधिक गतिविधि नगर्न आग्रह गरे । शैक्षिक, सामाजिक मात्रै नभइ हरेक काममा छोरीहरुले काम गर्न सक्ने भएकाले छोरी बचाउ अभियानको थालनीमा नगरपालिका लागेको सुवेदीले जानकारी दिए । छोरीप्रति हेर्ने दृष्ट्रिकोण अझै नसच्चिएको भन्दै सुवेदीले फिटनेस सेन्टरले आयोजना गरेको मिस टिन सुर्खेत प्रतियोगिताले पनि यस्ता सामाजिक सचेतनामुलक कार्यहरु गर्दै अघि बढ्न सुझाए । सामाजिक सचेतनामुलक कार्य गरेर प्रतियोगिता सञ्चालन गरेको आयोजकप्रति सुवेदीले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै मिडवेष्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न प्रतियोगिता जारी रहेको जानकारी गराए । उनले सामाजिक सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेर प्रतियोगिहरु छनौट गरिने उल्लेख गरे । महिलाहरुको पर्व तीजमा प्रतियोगिहरुले नै रकम संकलन गरेर वृद्धाआश्रमका आमाहरुसंग तीज मनाउने बताए । मिस टिनमा सुर्खेतका १९ किशोरीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल अडिसन आगामी असोज २० गते वीरेन्द्रनगरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन