२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बुद्ध दर्शनको प्रचार गरौंः सभापति देउवा

२४ भाद्र २०७५, आईतवार ०६:१९

प्रेम सुनार | भदौ २४, बुटवल | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पश्चिम क्षेत्रमा रहेका सञ्चार माध्यमहरुले बुद्ध दर्शन र बुद्ध शिक्षाको ब्यापक रुपमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका छन । शनिवार बुटवलमा रहेको  सामुदायिक बुद्ध टेलिभिजनको ११ औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै सभापति देउवाले यस्तो कुरामा जोड दिएका हुन । 

अहिलेको सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्न खोजेको भन्दै कांग्रेसले त्यस्तो हस्तक्षेप रोक्ने देउवाले चेतावानी समेत दिए ।   पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिंदै कांग्रेस संधै प्रेस स्वतन्त्रको पक्षमा उभिने  प्रतिबद्धता जनाए । मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक पर्ने उनले बताए ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीले समेत  कुनै दल (नेकपा)  को नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै देउवाले त्यसमा आपत्ति जनाए । ‘हामी त्यस्ता सिडिओलाई कारवाही गरेरै छाड्छौं’–देउवाले भने–‘यो कुरा म काठमाडौं गएर पनि उठाउंछु ।’

प्रदेश ५ को राजधानी कसैले सार्न सक्दैनः  खांण 

वार्षिकउत्सव कार्यक्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपाका नेता एवं संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी बुटवलबाट अन्तै सार्छौं भन्ने अभिव्यक्ति बेलबेलामा दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे ।भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थलको जिल्ला, प्रशस्त भौतिक पुर्वाधारका कारण प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको खांणले तर्क गरे ।

खांणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको बताउंदै सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वार्ता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएकोमा आपत्ति जनाए ।स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएकाले कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि काम र निर्णय हुन नदिने बताए ।

चर्को कर लगाउदा नागरिक मर्कामा

कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताए । कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान करबाट असुलिएको उनले बताए ।भारतमा भने करको योगदान १२ प्रतिशत मात्र रहेको शाहले बताए ।सो अवसरमा नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा धन्यवाद दिए ।

देउवा प्रधानमन्त्री रहेको यसअघिको सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेको थियो । उनले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै सशक्त आन्दोलन चर्किने चेतावनी दिंदै दिए । प्रदेश ५ को सिमांकनमा पहाडका जिल्लालाई नराखिएपछि बुटवलमा आन्दोलन चर्केको थियो ।कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले वर्तमान सत्ता बांदरमा हातमा पुगेको आरोप लगाए र उनले चुड्किला र उखानमा रमाएर विचार नपुर्याई भोट हाल्दा जनता अहिले करको मारमा परेको बताए ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले धारण राखेका थिए ।  टेलिभिजनले बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायिका मना छन्तेल , लन टेनिस प्रशिक्षक विकास खड्का,उत्कृष्ट सम्बाददाता भैरहवाका राधेश्याम  बिश्वकर्मा,टेलिभिजन कार्यक्रम प्रस्तोता सीता क्षेत्री लाई नगदसहित सम्मान गरेको छ ।टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ओम ज्ञवालीको स्वागत र कार्यक्रम प्रमुख खेमराज रेग्मीको संचालनमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल