२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जसले विव्यास अध्यक्षको उत्कृष्ट सम्मान पाए

२०७५, २४ भाद्र आईतवार ०६:४५

चिसाङ शेर्पा | भदौ २४, खोटाङ | लगातार १७ वर्षसम्म विद्धालय व्यावस्थापन समितिमा रहेर अब्वल काम गर्ने दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी दिहुंका अमृत बहादुर खड्का सम्मानित भएका छन् । गाउँपालिकाभित्र रहेका ४९ वटा विद्धालयको व्यवस्थापन समितिबाट उनी एकजना उत्कृष्ट ठहरिए पछि सम्मानित भएका हुन् ।

गाउँपालिका शिक्षा समितिले छनौट गरेका जनसेवा मावि छितापोखरी दिंहुका विव्यास अध्यक्ष खड्कालाई ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महेन्द्रोदय मावि डाँडागाँउ ओख्रेमा दिपु्रङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई र पुर्व शिक्षक तथा समाजसेवी दावा छिरीङ तामाङले शनिवार दोसल्ला ओढाई १५ हजार नगदका साथमा सम्मानपत्र दिएर सम्मान गरिएको स्रोत ब्यक्ति तथा गाउँपालिका स्तरीय शिक्षा संयोजक तुलसी कुमार खड्काले जानकारी दिए ।

साविक छितापोखरी–३ दिहुंमा वसोवास गर्दै आएका उनको जन्म २०१२ पुस २ गते भएको थियो । वर्षदिन नपुग्दै आमा वितेर टुहरो बनेका उनले, सोही विद्धालयमा कक्षा ५ सम्म अध्ययन गर्ने मौका पाए । पढ्न व्यग्र चाहाना भएपनि सानिमाले पढ्न नदिएको नमिठो विगत उनीसँग छ । त्यसवेला अहिले जस्तो व्यवस्थित र पर्याप्त विद्धालय थिएन । उनले भने, ‘सानिमाको बन्धनमा परियो, भागी–भागी महेन्द्रोदय मिडिल स्कुल याम्खामा पढ्न जान्थे । तर, टाढा भयो अनि, सानिमाको डरले पढ्न सकिएन ।’ 


२०४६ सालदेखी ०४७ सालसम्म जनसेवा माविको पद्येन सदस्य बन्दै ०४८ सालदेखी सोही विद्धालयका विव्यास अध्यक्ष बनिरहेका उनको वैवाहिक जिवन भने फरक अनि पृथक छ । हजुरबा,को साथमा बस्दै आएका टुहुरो नातीलाई ७ वर्षमा हजुरबाले विवाह गराई दिएका थिए । गाउँपालिका भित्रका विद्धालयको विव्यास अध्यक्षमा उत्कृष्ट बनेका उनको ४ छोरा १ छोरी रहेको छ । 

उमेर हुंदा पढ्न नपाएको नमिठो ईतिहास संम्झदै सम्मानितपछि अरु जिम्मेवारी थप भएको महशुष गरेको छु । सम्मानको उच्च प्रशंसा गर्दै उनले भने “शिक्षा क्षेत्रमै प्राणको आहुती दिने सोचमा छु ।” 

स्थानीय सरकार लागू भएपछि गाउँपालिकाले शिक्षा क्षेत्रका लागि भनेर ५ लाख बजेटमा उहाँसँगै दर्जनौ व्यक्तिलाई सम्मान गरेको थियो । उत्कृष्ट विव्यास अध्यक्ष, शिक्षक, शिक्षिका, प्रधानाध्यापक, २०७४ सालको एसईई परिक्षा र गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण विधार्थीहरुलाई सम्मान गरिएको तथा अन्य शिक्षक, शिक्षिका र विधार्थीलाई चुनौती दिईएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।

गाउँपालिकामा कक्षा १ देखी १२ कक्षा सञ्चालन भएको ५ वटा, कक्षा १ देखी १० सञ्चालन भएको ८ वटा, कक्षा १ देखी कक्षा ८ सञ्चालन भएको ६ वटा र प्रावि स्तरका तीसवटा प्रावि विद्धालय रहेको छ ।


माथिको तश्विरमा: सम्मानपछि वोल्नुहुंदै अमृत बहादुर खड्का | तस्विर: चिसाङ शेर्पा  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा