2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा चर्पी दिवस मनाईयो

पूर्णप्रसाद न्यौपाने । मंसिर ३, ओखलढुंगा । आज विश्व चर्पी दिवस ओखलढुंगामा
विभिन्न कार्यक्रम गरी मनाईएको छ । सरसफाईका क्षेत्रमा क्रियाशिल विभिन्न सरकारी तथा गैरसरकारी संघ
संस्था तथा निकायको आयोजनामा चर्पी दिवस मनाईएको हो । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिती
र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको संयुक्त आयोजनामा ओखलढुगांमा ‘पोषण सुधारका लागी चर्पी’ भन्ने
नाराका साथ दिवस मनाईको छ ।

34e

निमित्त स्थानीय विकास अधिकारी माधव प्रसाद भट्राइको अध्यक्ष्यता तथा प्रमुख जिल्ला अधिकारी
यादव सुवेदीको प्रमुख आतिथ्यमा जिल्ला विकास समितिको सभाहलमा भएको कार्यक्रममा विभिन्न राजनैतीक दलका
प्रमुख तथा प्रतिनिधी,सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी,पत्रकार,सञ्चारकर्मी लगाएको उल्लेख्य
उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि बत्ताहरुले चर्पिको उचित ब्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा
विभिन्न प्रकारका रोग लाग्ने र ज्यान समेत जान सक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

यसैविच ओखलढुंगालाई २०७२ साल चैत्र भित्रैमा खुल्ला दिशामुत्त जिल्ला
घोषणा गर्ने योजना रहेको भएपनि भूकम्प पछि निकै चुनौती थपिएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख
कमलराज श्रेष्ठले बताउनुभयो । कतिपय गाविसमा निर्माण सम्पन्न भईसकेका शौचालयहरु भूकम्पले भत्काएकाले
तयारी अवस्थामा रहेका गाविसलाई पनि खुल्ला दिशामुक्त घोषणा गर्न नसकिएकोउहाँको भनाई छ ।

गत बैशाखको भूकम्पले शौचालयहरु भत्काएपछि ओखलढुंगाका खुल्ला दिशामुक्त गाविस
पनि अहिले खुल्ला दिशायूक्त जस्तै बनेका छन् । भने घर भत्किएपछि गोठ,कटेज आदिमा बस्दै आएकाहरुले पनि
शौचालय निर्माणमा चासो देखाएका छैनन् । अझ बस्ति स्थानान्तरण गरिएका ठाँउहरुमा कस्तो शौचालय निर्माण
गर्ने भन्ने आन्यौलता रहेका कारण जिल्ला खुल्ला दिशामुक्त घोषणा अभियान नै प्रभावित भएको भन्दै सबैले
आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्ने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ ।
सबैले आ–आफ्नो घरमा शौचालय बनाएमात्रै पनि अभियान समयमै सफलहुने सरोकारवालाहरुको भनाई छ । ५० गाविस र १
नगरपालीका रहेको ओखलढुंगामा अहिले सम्म जिल्लाका एक तिहाई गाविस पनि खुल्ला दिशामुक्त घोषीत हुनसकेका
छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई