2026-10-31 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पाठ्यक्रम आयो प्रविधि आएन

भदौ २६, कालिकोट | नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा अनिवार्य गरेको छ । कम्प्युटर शिक्षा अनिवार्य गरेको भए पनि जिल्लाका अधिकांश विद्यालय पाठ्यक्रम भए पनि कम्प्युटर छैनन् ।  विद्यालयमा कम्प्युटर शिक्षाको पाठ्यक्रम भए पनि यहाँका अधिकांश विद्याललयका विद्यार्थीले कम्प्युटर र कम्प्युटर शिक्षक समेत देख्न पाएका छैनन् ।

कम्प्युटर विषय अनिवार्य भएको भए पनि विद्यालयमा कम्प्युटर नहुँदा विद्यार्थीले कितावमा पढेका आधार नै परीक्षा दिनु परेको छ ।  नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालबाट कक्षा ६ देखि ८ सम्म अनिवार्य र कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा अनिवार्य लागू गरेको भए पनि विद्यार्थीले कम्प्युटर देख्न नपाएको पलाँताका शिक्षा अधिकृत कलबहादुर भण्डारीले बताए । ‘यहाँका अधिकांश विद्यार्थीले कम्प्युटर देख्न पाएका छैनन् ।’ उनले भने, ‘अनिवार्य गरिएको शिक्षामा प्रविधि दिन जरुरी छ। पाठ्यक्रम दिएर मात्र पुग्दैन् ।’ सरकारले ल्याएको अधुरो शिक्षा नीतिको मारमा दुर्गम तथा बिकट विद्यार्थी पर्ने गरेको त्यसका लागि शिक्षा नीति नै परिवर्तन गर्न आवश्यक रहेको नरहरीनाथ गाउँपालिका–९ जनप्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार बिष्टले बताए। ‘शिक्षामा विद्यार्थी अनिवार्य कम्प्युटर बनाउने नीति सरकारले ल्यायो।’ उनले भने, ‘विद्यार्थीलाई कम्प्युटर आधारभूत ज्ञान सिकाइन्छ । तर, विद्यालयमा न कम्प्युटर छ । न विद्यार्थीले शिक्षक पाएका छन् ।’ स्थानीय तहले पनि शिक्षा नियमावलीमा समेत कम्प्युटर शिक्षा व्यवस्था गर्ने भनेको भए पनि विद्यालयहरूमा कम्प्युटर ने नभएकाले कसरी कम्प्युटर शिक्षालाई प्रभावकारी ढंगले पढाई गर्ने भन्नेमा समस्या रहेको नरहरीनाथ गाउँपालिका श्री शान्ति प्राथमिक विद्यालय प्रधानाध्यापक नबराज शाहीले बताए ।

‘जिल्लाभर रहेका विद्यालयमा कम्प्युटर शिक्षा पढाई हुन्छ तर विद्याथीले कम्प्युटर देख्न पाउँदैनन् ।’ उनले भने, ‘कम्प्युटर शिक्षालाई कि अनिवार्य नगर्नु पर्ने कित विद्यालयमा पढाई राम्रो व्यवस्था हुनुप‍¥यो ।’ जिल्लाभर रहेका स्कुलहरूमा अपवाद बाहेक विद्यालयमा कम्प्युटर नभएको कारणले विद्यार्थीलाई कम्प्युटर शिक्षाको विषयमा पढाई हुने गरेको भए पनि व्यवहारिक रुपमा पढाउन समस्या रहेको जिल्ला शिक्षा विकास समन्वय इकाई कालिकोटले जनाएको छ ।  जिल्लाका सबै सामुदायिक तथा सरकारी बिद्यालयहरूमा अनिवार्य कम्प्युटर विषयको अनिवार्य लागू गरेको भएपनि विषय शिक्षक नहुँदा पढाइमा समस्या भएको छ । आधारभूत तहको शिक्षामा अनिवार्य कम्प्युटर विषय बनाएको भए पनि नेपाल सरकारले विषय शिक्षकको दरबन्दी व्यवस्था नगरेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘कम्प्युटर शिक्षाको अनिवार्य सरकारले बनायो ।’ उनले भने,‘त्यो अनिवार्य गरिएको शिक्षामा विषय शिक्षकको दरबन्दीको व्यवस्था गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय