२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा खानेपानी आयोजनाको नब्बे प्रतिशत काम सम्पन्न

२६ भाद्र २०७५, मंगलवार ०६:५२

भदौ २६, चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।

उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेको छ ।

चौतारा सागाचोक गढी नगरपालिका–८ इर्खूको दियाले, मेलम्ची नपाअन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण भइरहेको उपाध्यायले जानकारी दिनुभयो । सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । रु ६५ करोडको लगानीको सो आयोजनाको थालखर्कको मुहान क्षेत्रमा अझै ३ दशमलव ५ किमीमा पाइप बिछ्याउने काम बाँकी नैै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको उक्त आयोजनाको काम बजेट निकासा नहँुदा दुई वर्षदेखि रोकिएको थियो । थालखर्क र स्याउनेदेखि चौतारासम्मको वितरण लाइनको काम बाँकी नै छ । अधुरो काम पूरा गर्न खानेपानी तथा शहरी विकास मञ्त्रालयबाट बजेट निकासा हुने इञ्जिनीयर उपाध्याय बताउनुहुन्छ । नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजनलगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने भन्नेबारे टुङ्गो नलागेपछि विभिन्न आयोजना अधुरै अवस्थामा छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य