२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा खानेपानी आयोजनाको नब्बे प्रतिशत काम सम्पन्न

२०७५, २६ भाद्र मंगलवार ०६:५२

भदौ २६, चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।

उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेको छ ।

चौतारा सागाचोक गढी नगरपालिका–८ इर्खूको दियाले, मेलम्ची नपाअन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण भइरहेको उपाध्यायले जानकारी दिनुभयो । सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । रु ६५ करोडको लगानीको सो आयोजनाको थालखर्कको मुहान क्षेत्रमा अझै ३ दशमलव ५ किमीमा पाइप बिछ्याउने काम बाँकी नैै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको उक्त आयोजनाको काम बजेट निकासा नहँुदा दुई वर्षदेखि रोकिएको थियो । थालखर्क र स्याउनेदेखि चौतारासम्मको वितरण लाइनको काम बाँकी नै छ । अधुरो काम पूरा गर्न खानेपानी तथा शहरी विकास मञ्त्रालयबाट बजेट निकासा हुने इञ्जिनीयर उपाध्याय बताउनुहुन्छ । नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजनलगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने भन्नेबारे टुङ्गो नलागेपछि विभिन्न आयोजना अधुरै अवस्थामा छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन