२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा नगर सरसफाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

१२ मंसिर २०७२, शनिबार २०:२४

okhaldhunga7पूर्णप्रसाद न्यौपाने/मङ्सिर १३, ओखलढुंगा । युगकवी सिद्धिचरण
श्रेष्ठको जन्मभूमि ओखलढुंगामा शनिवार नगर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सिद्धिचरण श्रेष्ठले दशकौँ
अघि कल्पना गरेझै सुन्दर,शान्ति र स्वच्छ ओखलढुंगा बनाउने उद्धेश्यले वृहत नगर सरसफाई कार्यक्रम गरिएको
हो ।

okhaldhunga9

सदरमुकाममा बढ्दो जनसंख्याको चाप र
बजारीकरणसँगै दिनानुदिन फोहोरका कारण बजार क्षेत्र दुर्र्गन्धित बन्दै गएकोमा चिन्ता व्यक्तगर्दै जिल्ला
स्थित सबै सरोकारवालाहरुको सहभागितामा सिङ्गो सदरमुकाम बजार सरसफाई गरिएको हो ।

okhaldhunga8

जिल्ला प्रहरी कार्यालय,होटल
व्यवसायीसंघ र भारतिय भूपू सैनिकसंघ ओखलढुंगाको आयोजनामा भएको सरसफाई कार्यक्रममा जिल्लामा सञ्चालीत
दुवै सामुदायिक रेडियो आफ्नो एफएम र रमाईलो रेडियोले मिडिया पाटनरको भूमिका निर्वाह गरेका थिए । सरसफाई
र बजार व्यवस्थापनमा नगरपालीकाले चासो नदिएपछि पहिलो पटक जिल्लामा सामुहिक सरसफाई कार्यक्रम गरेर
सम्बन्धीत निकायको ध्यानाकर्षण गराईएको होटल व्यवसायीसंघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले
बताउनुभयो ‘स्वच्छ वाताबरण निमार्णका लागि यो अभियानलाई निरन्तरता दिन सबैले आफ्नो घर, टोलबाट सरसफाइ
गर्नुपर्छ’ आफुहरुले सुरुवात स्वरुप कार्यक्रम गरेको उहाँको भनाई छ ।

okhaldhunga6

जिल्ला प्रहरी कार्यालय नजीकैको
भञ्ज्याङ्बाट सुरु भएको सरसफाई कार्यक्रम चेतनामूलक नारा लगाउँदै नगरपरिक्रमागरी रमाईलोडाँडा स्थित
जिरोप्वाईन्टमा आएर कोण सभामा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी यावद सुवेदी र जिल्ला न्यायधिस
उद्धव प्रसाद भटराईले संयूक्तरुपमा कुचो लगाएर सरसफाई अभियानको उद्घाटन गर्नुभएको थियो । सरसफाइ
कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय का प्रमुख तथा प्रतिनिधी, स्थानीय,तथा
संचारकर्मीको उल्लेख्य सहभागीता रहेको थियो ।

okhaldhunga5

फोहोर ब्यवस्थापनका लागी टुरिज्म डेभ्लप्मेन्ट बैंकले २० वटा डस्विन समेत आजै
सदरमुकामका विभिन्न ठाउमा राख्नेगरी हस्तान्तरण गरेको छ । ‘नगरपालीका मौन छ, फोहोर व्यवस्थापनमा चासो
देखाउँदैन,सबै कुराले ओखलढुंगा सम्पन्न रहेको भएपनि फोहोरले कुरुप देखिन्छ’ जिल्लाबासी युवा तथा टुरिज्म
डेभलबमेन्ट बैंकका प्रबन्धक संतोष कट्वालले भन्नुभयो‘हामीसबै मिलेर पहलगरे जिल्लालाई युगकवीले कल्पना
गरेजस्तो सफा,स्वच्छ र सम्वृद्ध बनाउन सकिन्छ ।’

okhaldhunga4

सदरमुकाममा जनसंख्याको चाप र बजारीकरणसँगै दिनानुदिन फोहोरका कारण बजार क्षेत्र
दुर्र्गन्धित बनेको अवस्थामा सुरु गरिएको सरसफाइ अभियान निकै नै प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी
यादव सुवेदीको भनाई छ । ‘एक दिन एउटा संस्था र हामी कर्मचारीहरुले कुचो लगाएर नगर सरसफाई हुँदैन’प्रजीअ
सुवेलीले भन्नुभयो‘तर यो अभियानले सरसफाईको आवश्यकता सबैलाई महसुस गराउने छ ।’ उहाँले सबैलाइ आफ्नो घर
आगन सडक सफा राख्न आग्रह गर्नुभयो ।

3

अब्यवस्थित बजारीकरण,ढल,नाली तथा अन्य विभिन्न प्रकारका फाहोरले बजार क्षेत्र दुर्गन्धित
भइसक्दा पनि नगरपालीकाको कार्यालय मुकदर्शक बनेर बसेपछि आफुहरु अघि सरेको बताउँदै भारतिय भुपु सैनिक
संघका अध्यक्ष शान्त प्रधानले सबैले आ आफ्नो घर र टोल मात्रै सफा गर्नेहो भने सरसफाईका लागि कुनै
अभिायनको खाँचो नपर्ने बताउनुभयो । त्यस्तै जिल्ला न्यायधिस उद्धव प्रसाद भट्राईले सभ्यता र स्वस्थ
जीवनका लागी सरसफाइ अति आवश्यक रहेको भन्दै आगामी दिनमा दैनीक स्थानियहरु सरसफाई जुट्ने कुरामा आफु
विश्वस्तरहेको बताउनुभयो ।

okhaldhunga2

सरसफाइको कामा
प्रहरीको दायित्व भित्र नपरेता पनि समाजको विकास गर्दै सम्बन्धित सबै सरोकारवा निकायलाई जिम्मेवार
बनाउने उद्धश्यले नगरसरसफाई कार्यक्रम सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र
शाहको भनाई छ ।

‘खासमा हाम्रोकाम फोहोर उठाउने होईन तर के गर्नु
दुर्गन्धीत अवस्थमा पनि यहाँका स्थानिय र सरोकारवाला कुनै निकायको ध्यान पुगेन अनि सुरु गरेर बाटो
देखाईदिएको मात्रै हो’ शाहले भन्नुभयो‘यसलाई यहाँका स्थानिय र नगरपालीका तथा टोल सुधार समितिले
निरञ्तरता दिनुपर्छ ।’ फोहोर पनि स्थानियहरुककै कारण बढि हुने भएकाले सरसफाई गर्ने दायित्व पनि
स्थानियकै बढि रहेको चौतर्फी आवाज उठेपछि टोलसुधार समितिमा समेत आवद्ध युवा मोहन केसीले सरसफाई
अभियानलाई निरञ्तरता दिन आफुहरु लागी पर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी,जिल्ला न्यायधिस सहित सबै सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, दलका
नेताहरु, व्यवसायी, विद्यार्थी लगाएतका सरोकारवालाहरुले फोहोर टिप्दैगर्दा सदरमुकामबासी स्थानियहरुभने
धेरैजसो झ्यालबाट रमीता हेरीबसे,केहि अभियानमा सहभागि पनि भए तर अधिकाशंचाँहि लाजले घरभित्र पसेका
देखिन्थे ।

अझ सरसफाईकै क्षेत्रमा कामगर्ने खानेपानी तथा सरसफाई
डिभिजन कार्यालय र सिद्धिचरण नगरपालीका कुनै प्रतिनिधी पनि अभियानमा सहभागि भएनन् । यस्तो अवस्थामा सुरु
भएको ओखलढुंगा सरसफाई अभियान ताप्के नताती बिडँ तातेको अर्थ हुँदैन भने जस्तो हुने हो कि ? भन्ने शंका
पनि उत्पन्न भईरहेको छ । त्यसैले तपाईहामी सबै एकजुट भएर लागी परौँ,गाँउघर समाज सफा र स्वच्छ बनाऔँ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प आज काठमाडौँका तीन स्थानमा प्रदर्शन सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?