2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको घ्याङ्फेदीमा ३७ घर विस्थापित

भदौ २८, नुवाकोट | जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा गएको पहिराका कारण ३७ घरपरिवार विस्थापित भएका छन् । 

बुधबार बिहानदेखि जान थालेको पहिराका कारण चेताङका ३७ घरपरिवार विस्थापित भएका हुन् । सढ्तीस घरमध्ये १२ घर पहिरोमा परेर पूर्णरुपमा क्षति भएको र अन्य घरमा पहिरोको जोखिम भएपछि विस्थापित भएको स्थलगत अनुगमनमा आज पुग्नुभएका नुवाकोट क्षेत्र नं १ का सांसद हीतबहादुर तामाङले जानकारी दिनुभयो । 

“पहिरो खसिरहेको छ, पानी नपर्दा पनि पहिरो नरोकिएकाले विस्थापित घरको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ”, सांसद तामाङले भन्नुभयो । पहिरोबाट विस्थापित भएका खुला आकाशमुनि बसिरहेकाले उनीहरुलाई आवश्यक त्रिपाल, खाद्य सामग्री पु¥याउन समन्वय गरिएको सांसद तामाङले बताउनुभयो । 

आज पहिराको अवस्था र असर बुझ्न सांसद तामाङ, संसद्मा नेकपाका प्रमुख सचेतक देव गुरुङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ घटनास्थल पुग्नुभएको थियो । पहिराको कारण स्थानीय माङ्गेन खोलामा आएको बाढीले तीन वटा झोलुङ्गे पुलसमेत बगाएको छ । 

पहिराले तीन वटा भैँसी, छ वटा गाई र गोरु, १०० वटा गिरिराज जातको कुखुरा भएको फार्मसमेत बगाएको छ । पहिरोबाट विस्थापित भएकालाई नजिकैको घ्यावार चौरमा राखिएको छ । विस्थापितको सहयाताका लागि त्रिपालसहितको टोली पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । 

पहिरोमा फसेका दुई जनाको बुधबार साँझ नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी विदुर ल्याएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई