2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भारी लोडका सवारी चलाएर लिखु -४ ले सडक बिगारेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

प्रज्वल पौडेल । भदौ २९, काठमाण्डौ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका २ सैपूमा स्थानीयले बिहीबारबाट सडक अवरुद्ध गरेका छन् । लिखु ४ जलविद्युत आयोजनालाई पटक-पटक बाटो मर्मत सम्भार गर्न अनुरोध गर्दा समेत बेवास्था गर्दै भारी लोडका मालबाहक सवारी साधन चलाएर बाटो बिगारेको भन्दै स्थानीयले वडा कार्यालयदेखि ढाँडेसम्मको सडकखण्ड अवरोध गरेका हुन् ।

बाटो खुलाउन शुक्रबार प्रहरी आएपनि आयोजनाले बाटो मर्मत नगरेसम्म सवारी संचालन गर्न नदिने अडान स्थानीयबासीले राखेपछि बार्ता असफल भएको स्थानीय राजन बस्‍नेतले जानकारी दिए । उनले भने- ‘धोबी – सिरिसे – ढाँडे सडक एडिबीले बनाउदै गरेको र वर्षादका कारण सडक बिग्रिएपछि धोबी – दिलौरी- सडकबाट मालसामान ओसारपसार गर्दै आएका थिए ।’

सडकको अवस्था नाजुक हुँदा समेत जनप्रतिनिधी र लिखु जलविद्युतले चासो नदेखाएको स्थानीयले बताएका छन् । उनीहरुले खानेपानीको लाइन विगारेको र सडकमा नाला नखनिएकाले बस्ती नै जोखिममा पर्ने अबस्था आएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको बताए । सडक अवरुद्ध भएपछी मालबाहक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । 

‘धोबी – सिरिसे – ढाँडे सडक भएर जाने भएपनि यस रुटबाट काठमाण्डौ आवतजावत गर्ने यात्रुबाहक बसलाई भने बिहीबार र शुक्रबार  स्थानीयले अवरोध गरेका छैनन् ।

यसैबीच धोबी–दिलौरी सैपु सडकखण्ड ६५ मिटर सडक ढलान गरेको महिना दिन नबित्दै भत्किन थालेको छ । उकालो सडक जोखिम ठाउँमा रहेकाले ढलान गरिएको भएपनि उक्त ढलान १ महिना नबित्दै चिरा पर्नुका साथै छेउको भागबाट भत्किन थालेको छ । डिभिजन सडक कार्यालय खुर्कोटसँग ६५ मिटर सडक ढलान गर्नका लागि १३ लाख रुपैयाँको ठेक्का आह्वान गरेकोमा  ७ लाख ३५ हजारमा सम्झौता गरेको दिनेश निर्माण सेवाले डल्ला परेको सिमेन्ट घनले फुटाएर सडकमा प्रयोग गरेको भन्दै यस सर्वत्र विरोध भएको थियो ।

ठेकेदारले मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको खुलासा भएपछि काम रोकिएको वडा अध्यक्ष पदमबहादुर तामाङले जानकारी दिए । उनले भने – ‘सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग (धोबी– दिलौरी सैपु सडकमा डल्ला परेको सिमेन्टले ढलान गरेको खुलासा)  पाइएपछि काम रोक्न डिभिजन कार्यालय र ठेकेदारलाई अनुरोध गर्यौ नभन्दै सडक निर्माण भइनसक्दै  भत्किन सुरु गरेको छ । यस्तो लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा हुनुपर्छ ।’ सडक ढलानसँगै नाला निर्माण गर्नु पर्ने सम्झौता भए पनि नाला निर्माण नगर्नाले पनि वर्षादको पानीले बिगार्दै लगेको उनले बताए ।  

रामेछाप र आेखलढुङ्गाको सिमाना भएर बग्ने लिखु नदीमा हाल लिखु -३ र लिखु-४ जलविद्युत आयोजना संचालनमा रहेका छन् । बर्षादको समयमा बाटो अबरुद्ध हुँदा ढुवानीमा समस्या हुन थालेको छ । जलविद्युत लगानी कम्पनी ग्रिन भेन्चरले सुरुमा १ सय २० मेगावाट डिजाइन गरेको भएपनि हाल घटाएर ५२ दशमलव ४ मेगावाट विद्युत उप्पादन गर्ने गरी काम सुरु भएको छ ।ओखलढुंगा रगनी तर्फको सुरुङ मार्ग निर्माण गर्नको लागि विष्फोटक पदार्थ मार्फत सुरुङ निर्माणको कार्य अगाडि बढिरहेको छ ।

तस्बिर/ राजन बस्‍नेतको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई