2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

भीमसेनको मन्दिर पुनःनिर्माण

भदौ ३०, ललितपुर | विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फको भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुनःनिर्माण हुने भएको छ । 

विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो । 

भारतीय सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको तीन वर्ष बित्दासमेत काम अघि नबढेकाले स्थानीय व्यापारी र टोल सुधार समिति आफैँले मन्दिर निर्माणमा केही समयदेखि चासो देखाएका उक्त सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । 

केही दिन पहिले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी स्थानीयवासीले नै लिने भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली दूतावास पुगेको थियो ।स्थानीयवासीले बनाउँदा भारत सरकारलाई आपत्ति नहुने दूतावासको प्रतिक्रिया आएको उहाँले जानकारी दिनुभयो । भारतीय सहयोगमै पुनःनिर्माणका लागि सबै प्रक्रिया पुर्याउँदा पनि १४÷१५ महिनाअघि पुनःनिर्माण हुनसक्ने अवस्था नरहेको र छिटै पुनःनिर्माण नहुँदा थप भौतिक क्षति हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

क्षतिग्रस्त मन्दिरका कारण स्थानीयवासी र सवारी साधन चालकले समेत दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । उत्तरी भागमा काठले मन्दिरलाई अड्याइएको छ । सवारी साधन आगमन र यात्रुको आवतजावत धेरै हुने यो सडकमा काठका कारण यात्रु सजिलै हिँड्न नसकेको स्थानीयवासी सतिश महर्जनले बताउनुभयो । साना नानी यही सडक भएर विद्यालय जान्छन् । उहाँले भन्नुभयो, “मन्दिर बनाउन ढिला गर्दा दुर्घटनासमेत हुन सक्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ