<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एम्बुलेन्समा चामल बोकेर बालगृहलाई सहयोग

२०७५, ३० भाद्र शनिबार ०८:१४

ताराबहादुर महत

दोलखा । दोलखा सामुदायिक अस्पतालले शुक्रबार गौरीशंकर बालगृह चरिकोटमा रहेका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरेको छ ।


अस्पतालका एमडीजिपी डाक्टर आमोघ बस्न्यातको टोलिले बालगृहमा रहेका २४ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधि वितरण गरिएको अस्पताल प्रमुख अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो । बाल दिवसको अवसरमा भिमेश्वर नगरपालिकाद्वारा बालगृहमा आयोजित एक कार्यक्रमकाबिच अस्पतालले बालबालिकाहरुका लागि चामल, दाल लगायत खाद्यान्न समेत सहयोग गरेको छ । ३० किलोग्राम तौल रहेको १० बोरा चामल र ३० किलोग्राम तौल रहेको १ बोरा दाल अस्पताल प्रमुख बुढाथोकीले बालगृहलाई हस्तान्तरण गर्नुभएको हो । नेपाल बाल संगठनको व्यवस्थापनमा संचालित बालगृहमा दोलखाका ४ सहित अन्य विभिन्न जिल्लाका २० गरी २४ जना बालबालिका बस्दै आईरहेका छन् ।


बुधबार बिरामी काठमाण्डौं पु¥याएर चरिकोट फर्किँदै गरेको खाली एम्बुलेन्समा बनेपाबाट शुक्रबार बालगृहलाई सहयोग स्वरुप दिनका लागि चामल र दाल खरिद गरी लोड गरिँदै गरेको भेटिएपछि विभिन्न राष्ट्रिय आमसंचार माध्यममा समाचारको विषयसमेत बनेको थियो । घटनाको सम्बन्धमा अस्पताल प्रमुख बुढाथोकीले बिहिबार नै विज्ञप्ती प्रकाशित गरी बालगृहको सहयोगका लागि ल्याईएको खाद्यान्न सामाग्रीको बारेमा यथार्थ कुरा नबुझी भ्रमपूर्ण समाचार आएको भन्दै खण्डन गर्नुभएको थियो । अस्पताल प्रमुख बुढाथोकीले यसअघि पनि नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ, विभिन्न विपन्न परिवारलाईसमेत नगद र जिन्सी समेत सहयोग गरिसक्नुभएको छ ।


यसैबिच बाल दिवसको अवसरमा बालगृहका बालबालिकाहरुलाई भिमेश्वर नगरपालिकाले एकरएक जोडी ट्रयाकसुट र फलफूलसमेत वितरण गरेको छ ।

साभार ः जनता समाचार डट कम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना