2026-11-01 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपरिचित भगवानलाई लाखौ धन्यबाद -बिष्णु गुरुङ ‘एकता’

भदौ ३० | नेपाली संस्कारमा छोराछोरी हुर्केसके पनि आमाबाबुले उनीहरुलाई सधै बच्चा नै देख्ने सोचले गर्दा आमाबाबुले आफ्नो जीवन भर सधै बच्चाहरु प्रतिको माया साथै चिन्ता पनि लिन्छन। 

सानो बच्चामा जस्तै आफ्नो सम्पूर्ण खुशी नै बच्चाहरुको आँखामा देख्न चाहन्छन । त्यसैले होला बच्चाहरुको भलाईको लागि जीवनभर  मरिमेट्छन। हाम्रो जोडीको सल्लाहले म पनि छोराको माया र चिन्ताले छोरासँग केहि दिन सँगै बस्नु पर्यो भनेर छोरा भएको ठाउँ कोलोराडो गए। शुरुमा अल्लारेहरुको  च्यालब्याल देखेर कस्तो कस्तो महसूस नभएको होईन फेरी पनि धैर्य गरे। 

आमाछोरा दिउसोको खानादेखि बेलुकीको खाना खादा दुखसुखको कुरा हाँसो गर्दै बिताउदा निक्कै रमाईलो लाग्दै आयो। एकदिन म्युजियम हेर्न छोराको सानै देखिको छिमेकी साथि पनि हामीसँग गएको थियो। उनीहरुको बालककालको कुरा चल्यो। त्यसै सिलसिलामा छोराको साथी राजनले अतीतलाई स्मरण गर्दै भन्यो। 

पोखराको फेवातालमा सबै साथीहरु हाम फालेको देखेर आफु पनि हाम फाल्यो तर पौडी खेल्न नजानेकोले पानीमा डुबेको देखेर युदिर हाम्रो छोरा ट्युब लिएर आफुलाई बचाउन आयो तर, आफुले युदिरलाई झम्टेर दुवै झन्डै मरेको भन्दै दुवै हाँसे। 

अनि, मैले सोधे कसरि बाँच्यौ त तिमीहरु? उनीहरुले भने – एउटा दाई पानीमा हाम फालेर हामी दुवैलाई पानीबाट बाहिर ल्याईदियो र हामी बाच्यौ, यो कुरा सुनेर म झसंग भए। मैले सोधे त्यो दाईको नाम तिमीहरुलाई याद छ दुबैले उत्तर दिए छैन भनेर। 

मेरो मन रसाएर आयो, मेरो आँखाबाट आँसू झर्यो। ति दुई छोराहरु जीवनमा घनिष्ट दोस्ती हुनुको कारण बुझे। अहिले पनि उनीहरु एक अर्कामा सुख मात्र होईन दुख पनि साट्छन। भन्छन साथि हजारौ भेटिन्छन तर मित्र भेट्न गाह्रो त्यसैले सच्चाँ मित्र ईश्वरको बरदान स्वरुप हो भन्छन। 

युदिर र राजनको मित्रता देखेर यस्तै लाग्छ। हामी छोरा कहाँ जादा राजनलाई पनि आफ्नै छोरा जस्तो लाग्थ्यो र उनले पनि अंकल अण्टि भनेर हामीलाई माया गर्छन खुशी लाग्छ, उनीहरुको असल मित्रताप्रति। 

त्यत्ति मात्र नभएर आज हामी आमाबाबु हुनुको गर्व गर्न पाएका छौ। दुई युवकहरुले आफ्ना जीवन पाएका छन। त्यो सबै उनै अपरिचित भगवान जसले आफ्नो ज्यान बाजी राखेर दुई बच्चाहरुलाई पानीबाट निकाल्यो। मानवको यो भन्दा ठुलो धर्म के हुन् सक्ला र ? हामी उहाँप्रति आभारी छौ र भगवानले उहाँको रक्षा गरुन यहिँ कामना छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द