2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपरिचित भगवानलाई लाखौ धन्यबाद -बिष्णु गुरुङ ‘एकता’

भदौ ३० | नेपाली संस्कारमा छोराछोरी हुर्केसके पनि आमाबाबुले उनीहरुलाई सधै बच्चा नै देख्ने सोचले गर्दा आमाबाबुले आफ्नो जीवन भर सधै बच्चाहरु प्रतिको माया साथै चिन्ता पनि लिन्छन। 

सानो बच्चामा जस्तै आफ्नो सम्पूर्ण खुशी नै बच्चाहरुको आँखामा देख्न चाहन्छन । त्यसैले होला बच्चाहरुको भलाईको लागि जीवनभर  मरिमेट्छन। हाम्रो जोडीको सल्लाहले म पनि छोराको माया र चिन्ताले छोरासँग केहि दिन सँगै बस्नु पर्यो भनेर छोरा भएको ठाउँ कोलोराडो गए। शुरुमा अल्लारेहरुको  च्यालब्याल देखेर कस्तो कस्तो महसूस नभएको होईन फेरी पनि धैर्य गरे। 

आमाछोरा दिउसोको खानादेखि बेलुकीको खाना खादा दुखसुखको कुरा हाँसो गर्दै बिताउदा निक्कै रमाईलो लाग्दै आयो। एकदिन म्युजियम हेर्न छोराको सानै देखिको छिमेकी साथि पनि हामीसँग गएको थियो। उनीहरुको बालककालको कुरा चल्यो। त्यसै सिलसिलामा छोराको साथी राजनले अतीतलाई स्मरण गर्दै भन्यो। 

पोखराको फेवातालमा सबै साथीहरु हाम फालेको देखेर आफु पनि हाम फाल्यो तर पौडी खेल्न नजानेकोले पानीमा डुबेको देखेर युदिर हाम्रो छोरा ट्युब लिएर आफुलाई बचाउन आयो तर, आफुले युदिरलाई झम्टेर दुवै झन्डै मरेको भन्दै दुवै हाँसे। 

अनि, मैले सोधे कसरि बाँच्यौ त तिमीहरु? उनीहरुले भने – एउटा दाई पानीमा हाम फालेर हामी दुवैलाई पानीबाट बाहिर ल्याईदियो र हामी बाच्यौ, यो कुरा सुनेर म झसंग भए। मैले सोधे त्यो दाईको नाम तिमीहरुलाई याद छ दुबैले उत्तर दिए छैन भनेर। 

मेरो मन रसाएर आयो, मेरो आँखाबाट आँसू झर्यो। ति दुई छोराहरु जीवनमा घनिष्ट दोस्ती हुनुको कारण बुझे। अहिले पनि उनीहरु एक अर्कामा सुख मात्र होईन दुख पनि साट्छन। भन्छन साथि हजारौ भेटिन्छन तर मित्र भेट्न गाह्रो त्यसैले सच्चाँ मित्र ईश्वरको बरदान स्वरुप हो भन्छन। 

युदिर र राजनको मित्रता देखेर यस्तै लाग्छ। हामी छोरा कहाँ जादा राजनलाई पनि आफ्नै छोरा जस्तो लाग्थ्यो र उनले पनि अंकल अण्टि भनेर हामीलाई माया गर्छन खुशी लाग्छ, उनीहरुको असल मित्रताप्रति। 

त्यत्ति मात्र नभएर आज हामी आमाबाबु हुनुको गर्व गर्न पाएका छौ। दुई युवकहरुले आफ्ना जीवन पाएका छन। त्यो सबै उनै अपरिचित भगवान जसले आफ्नो ज्यान बाजी राखेर दुई बच्चाहरुलाई पानीबाट निकाल्यो। मानवको यो भन्दा ठुलो धर्म के हुन् सक्ला र ? हामी उहाँप्रति आभारी छौ र भगवानले उहाँको रक्षा गरुन यहिँ कामना छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ