२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सञ्चय कोषको ९८.३४ प्रतिशत रकम लगानी

२०७५, ३१ भाद्र आईतवार १०:५९

भदौ ३१, काठमाडौँ | कर्मचारी सञ्चय कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । 

कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी सात प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा रु दुई खर्ब ९२ अर्ब ६३ करोड जम्मा भएको आज आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । आर्थिक वर्ष २०७४÷७५ मा रु दुई अर्ब ५२ करोड आम्दानी भएको छ । रकमबाट सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा रु तीन अर्ब २० करोड खुद मुनाफा भएको छ । मुनाफा रकम सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा र मुनाफा वितरणको माध्यमबाट उपयोग गरिने कोषले जनाएको छ । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । “कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्छ, कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्छ”, उहाँले भन्नुभयो । 

कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने र पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्ने मन्त्री डा खतिवडाको भनाइ थियो । 

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले सबै किसिमका कोषलाई नियमन गर्ने निकाय स्थापनाको तयारीमा लागिएको बताउनुभयो । “सामाजिक न्यायको सिद्धान्तअनुसार सञ्चयकर्तालाई सेवा सुविधा दिइन्छ, सञ्चयकर्ताको दिगोपनको लाभका बारेमा काम गर्ने विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । कोषका कर्मचारीलाई मासिक रु दुई हजार महँगी भत्ता, घर सापटी कार्यक्रममा रु पाँच लाख थप गर्नेजस्ता निर्णय आजै बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको कोष सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ढुङ्गानाले जानकारी दिनुभयो । 

कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले सबै क्षेत्रमा रोजगारी गरिरहेकालाई दायरामा ल्याउन लागिएको बताउनुभयो । सो अवसरमा पूर्वप्रशासक डा रमेशकुमार भट्टराई, कोष वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष अर्जुनप्रसाद आचार्य, कर्मचारी सङ्घका अध्यक्ष धर्मराज मैनाली र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष रामप्रसाद राईले कर्मचारी सेवा सुविधा पुनरावलोकन समितिको प्रतिवेदन सञ्चालक समितिले पारित गरी कार्यान्वयन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी