२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतको हावापानी कार्यालय कोहलपुर सारिदै

२०७५, ३१ भाद्र आईतवार १५:५१

भदौ ३१, सुर्खेत | हरेकपटक नयाँ सरकार गठन हुँदा आफू अनुकूल मन्त्रालय र मातहतका निकाय फुटाउने र जुटाउने प्रवृत्तिको निशानामा जल तथा मौसम विज्ञान विभाग पर्ने गरेको छ । लामो समय जलस्रोत मन्त्रालयमा समेटिएको विभाग कहिले विज्ञान, कहिले वातावरण मन्त्रालय हुँदै हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको छ । गत फागुन दोस्रो सातादेखि विभाग ऊर्जा मन्त्रालयमा गाभिएको हो । अधिकांश हवाई दुर्घटनाको कारण मौसम र मौसमजन्य सूचनासँग जोडिन्छ । मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कार्यक्षेत्र विभागलाई तोकिएको छ ।

यो विषयसँग कुनै तालमेल नहुने ऊर्जा मन्त्रालय मातहत विभाग गाभिएपछि सो निकायका कर्मचारी अन्योलमा छन् । तर विभागको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन कुन मन्त्रालय मातहत समेट्ने भन्ने टुङ्गो नहुँदा व्यावहारिक कठिनाइ थपिएको छ । विभाग अझै कुन मन्त्रालयमा गाभिने हो, कार्यक्षेत्र के कस्तो तोकिने हो भन्नेमा अन्योल रही रहँदा कामकारबाही प्रभावित हुने विभागका अधिकारीहरु बताउँछन् । शुक्रबार मात्रै संघिय मामिला तथा सामान्य प्रशान मन्त्रालयले मौसम विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृत गरेर संघिय मन्त्रालयमा पठाएको छ । जल तथा मौसम कार्य प्रकृति भएकाले हालकै मातहतका संरचनामा यथावत राख्न आग्रह गरिएपनि मन्त्रालयले सम्बोधन नगरेको जल तथा मौसम विभागका एक विज्ञले जानकारी दिए । उनले मन्त्रालयले आफूहरुको मागलाई सम्बोन्धन नगरेर चार कार्यालयमा राख्ने प्रस्ताव लिएकोमा आपत्ती समेत जनाए ।

हाल जल तथा मौसम विज्ञान विभाग अन्तरगत काठमाडौं बाहिर रहेका ६ कार्यालयलाई चारमा झार्ने र तराई केन्द्रीत कार्यालय राख्ने प्रस्ताव पेश गरेको छ । जलवायु परिवर्तनका दृष्टिले जोखिममा रहेको कर्णाली प्रदेशको सुर्खेतमा रहेको कार्यालय हटाएर चार कार्यालय बनाउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरि संघिय मन्त्रिपरिषदमा पठाएको छ । अब सुर्खेतस्थित मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय प्रदेश ५ को कोहलपुर सर्ने निश्चित जस्तै भएको छ । मन्त्रालयले प्रदेश न १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुरमा राखिने भएको छ । यसमा पोखरा र धरान यथावत छन् । प्रदेश ५ मा दुई कार्यालय राख्ने र पुर्वाधारयुक्त, मौसम राडर समेत हेर्ने सुर्खतका कार्यालय काहलपुरमै राख्नुले कर्णाली प्रदेशलाई उपेक्षा गरिएको र संघिय अवधारणा अनुरुप संरचना तयार भएकोमा जल तथा मौसम विज्ञान विभागले नै आपत्ती जनाएको छ । कर्णालीमा हुने दैवी प्रकोपका घटनाले आक्रान्त भइरहेको बेला कार्यालय कोहलपुर सार्नु गलत भएको एक कर्मचारीले बताए । उनले मौसम सम्वन्धी जानकारी दिने राडार समेत सुर्खेतमा निर्माण भइरहेको बेला कार्यालय सार्नु कर्णालीलाई उपेक्षा गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी