Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लमजुङमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १, बेँसीशहर |</b> बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।&nbsp;<br></p><p>बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । स्कुटर चालक गोरखा पालुङटार नगरपालिका–४ का १९ वर्षीय विजय भुजेललाई स्कुटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।&nbsp;</p>