2026-09-18 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

शहिद पिता चन्द्रकान्त शर्माको श्रदाञ्जली

गणेश सिर्पाली/चैत्र–२३, रुकुम । जनयुद्धका सहिद यज्ञश्वर शर्मा र यमुना शर्माका पिता चन्द्रकान्त शर्माको निधनभएको सातौं दिनको पुण्य तिथिमा श्रदाञ्जली सभा सम्पन्न भएको छ ।

मृतक शर्माकी बुहारी एवं पुर्व सभासद दामा कुमारी शर्माको अध्यक्षतामा श्रदाञ्जली सभा भएको हो । मृतक चन्द्रकान्तको घर नुवाकोटमा भएको सभामा उपस्थितले मृतकको फोटोमा अविरआवरण तथा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेको बताईएको छ ।

श्रदाञ्जली सभामा मृतक चन्द्रकान्तकी पत्नी सितादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो । एमाओवादी जिल्ला सचिवालय सदस्य विशाल शर्मा, गाउँ समिति अध्यक्ष अतिराम बिष्ट, मृतकका आफन्तले श्रदाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै मृतककी बुहारी दामा शर्माले दुःखको घडीमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

पुरानो परम्परालाई तोड्न मृतकका नाममा काजक्रिया लगाएतका काम नगरिएको उहाँले बताउनुभयो । पुरानो संस्कार विपरित मृतक चन्द्रकान्तको सामान्य रुपमा अन्त्यष्टी गरिएको थियो । श्रदाञ्जली सभाको संचालन मृतकका छोरा श्रीकृष्ण शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई