पढ्न करिब 2 मिनेट लाग्छ

चिसाङ शेर्पा | असोज २, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्न निस्केको संघलाई २२ हजार आर्थिक सहयोग प्राप्त भएको हो ।

गत शुक्रबारदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना बृद्धाबृद्धालाई थप सहयोग पुग्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेल घर भई रुपन्देहीको सिध्दार्थनगर नगरपालिका–१२ सिध्दार्थनगर भैरहवामा वसोवास गर्दै आएका रोहित प्रसाद गेलाल र गीता गेलालले ११ हजार नगद, चार कार्टुन मिनिरल वाटर र दिक्तेल घर भई सोही स्थानमा वसोवास गर्दै आएका रत्नप्रसाद आचार्यले ११ हजार नगद सहयोग गरेका छन् ।

धार्मिक भ्रमणको क्रममा सोमबार रुपन्देहीको लुम्बिनी भ्रमण गर्न पुगेका बृद्धबृद्धाले लुम्बिनी क्षेत्रभित्र एक कार्यक्रमको आयोजना गरी सहयोगीदातालाई सम्मान गरेका छन् । आफूहरुलाई सहयोग गरिएकोमा खुशी प्रकट गर्दै ज्येष्ठ नागरिक जिल्ला संघका सदस्य तथा सबैभन्दा जेष्ठ पाको उमेरका ८१ वार्षिय पद्म कुमारी भट्टराईले अविर माला लगाई आर्शिवाद दिएका थिए ।

बृद्धबृद्धाहरुले जानकी मन्दिर, देवघाटधाम दर्शन गरेर बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको भ्रमण गरेका छन् । एकजना पत्रकार, एकजना स्वास्थ्यकर्मी र एकजना युवा उद्यमी सहित दश दिने धार्मिक भ्रमणमा निस्केका बृद्धबृद्धाहरुले मंगलबार पोखराको पर्यटकीय स्थल र तीर्थस्थलहरु भ्रमण गर्नेछन् ।