२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको गोस्र्याङ स्वास्थ्यचौकीलाई जग्गा दान

२०७५, ३ आश्विन बुधबार ०८:२९

असोज ३, नुवाकोट  | जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई÷दुई रोपनी जग्गा दान गर्नुभएको हो । 

जग्गा दाताद्वयले मङ्गलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख प्रेम रोकायले बताउनुभयो । उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार रु २० लाख पर्ने बताइएको छ । 

अहिले स्वास्थ्यचौकी भएको स्थानमा नयाँ भवन निर्माणको लागि जग्गा अभाव भएपछि स्वास्थ्यचौकी नजिकैका जग्गाधनीले जग्गा दान गरेपछि भवन निर्माणको लागि सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चुडामणिप्रसाद गजुरेलले बताउनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह