१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा एसएलसी परिक्षा मर्यादित भएको निष्कर्ष

३० चैत्र २०७२, मंगलवार ०६:५९

गणेश सिर्पाली/चैत्र–३०, रुकुम । रुकुममा यस वर्षको प्रवेशिका परिक्षा एसएलसी गत वर्षका तुलनामा मर्यादित भएको निष्कर्ष निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा केन्द्राध्यक्ष, परिक्षा समन्वय समिति र पत्रकारहरुको संयुक्त छलफलमा परिक्षा मर्यादित वातारणमा संचालन भएको निष्कर्ष निकालिएको हो ।

लेटर ग्रेडिङ प्रणाली लागु हुनु, शान्ति सुरक्षालाई कडा बनाईनु, अनुगमणलाई बढाईनु, अभिभावकले सहयोग गर्नु लगाएतका कारणले परिक्षा मर्यादित बनेको निष्कर्ष निकालिएको छ ।

यस वर्षबाट लेटर ग्रेडिङ प्रणाली लागु भएका कारण यस अघिका वर्षहरुमा देखिने एसएलसी प्रतिको हाउगुजी घट्नुले परिक्षा संचालनमा ठुलो सहयोग पुगेको केन्द्राध्यक्षहरुको ठम्याई छ ।

केही परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुले भने अभिभावकको पुर्ण सहयोग पाउन नसकेको गुनासो गरेका थिए । त्यस्तै केही केन्द्राध्यक्षहरुले भने परिक्षा केन्द्र सम्म उत्तर पुस्तिका र प्रश्नपत्र पु¥याउन तथा सुदरमुकाम सम्म ल्याउन ढुवानी खर्चको व्यवस्था नभएको भन्दै दुःख समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै