२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नुवाकोटका मनिष बस्नेतसहित मोबाइल चोरीको आरोपमा चार गिरोह पक्राउ

५ आश्विन २०७५, शुक्रबार १२:०७

  असोज ५, भक्तपुर ।  मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ । 

पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर भई हाल सल्लाघारी बस्ने १८ वर्षीय अमोद चौधरी छन् । 

दोलखा गौरीशङ्कर गाउँपालिका घर भई हाल मध्यपुर थिमी नगरपालिका– ४ कमेरोटारमा डेरा गरी बस्ने प्रवीण कार्कीको मोबाइल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विभिन्न ठाउँमा चोरी गरिएको मोबाइलसहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिनुभयो । 

यसैगरी भक्तपुर नगरपालिका– २ ब्यासीका ४१ वर्षीय नरेशमान शिल्पकारलाई सरकारी रसिद किर्ते गरेको अभियोगमा पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका– ८ वडा कार्यालयमा मोही जग्गा बाँडफाँड सिफारिसबापतको रसिद र भक्तपुर जिल्ला अदालतको कोर्ट फि बापतको रसिदमा किर्ते गरेको उजुरीका आधारमा उहाँलाई पक्राउ गरी कारवाही अगाडि बढाएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो । 

ललितपुर उपमहानगरपालिका– १० बस्ने सर्वज्ञभक्त मल्लले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप भएको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य