2026-06-30 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

भुकुम्प स्मृति दिवस मनाउने तयारी

गणेश सिर्पाली, वैशाख–१०, रुकुम । यहि वैशाख १२ गते रुकुममा भुकुम्प स्मृति दिवस मनाइने भएको छ । देशमा महाभुकुम्प गएको दिन वैशाख १२ गते देशभर भुकुम्प स्मृति दिवस मनाउने केन्द्रीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार रुकुम जिल्लामा पनि विभिन्न कार्यक्रम गरी भुकुम्प स्मृति दिवस मनाइने भएको हो ।

मुसिकोट खलंगामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले महाभुकुम्पमा ज्यान गुमाएकाको शोकमा विगुल वजाउंदै वजार परिक्रमा गर्ने, एक मिनेट मौन धारण गर्ने र विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । १२ गते विहान ठिक ११ वजेदेखी कालिका स्थानबाट विगुल वजाउन शुरु गर्ने र व्राहटाकुरा स्थित सेमी कवर्ड हलमा ११ वजेर ५६ मिनेट जाँदा एक मिनेट मौन धारण गर्ने कार्यक्रम तय गरिएको छ ।

ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै आगामी दिनमा यस्तो विपद् भोग्न नपरोस भनि प्राथाना गर्ने दिन भएकाले १२ गते विहान ११ वजेर ५६ मिनेट जाँदा गुडीरहेको गाडी रोक्न, विद्यालयमा पठन पाठन रोक्न, होटेल तथा पसल वन्द गर्न र रेडियोहरुले शोक धुन वजाउन वैठकले अनुरोध समेत गरेको छ । यसैविच जिल्लाको विपद् प्रतिकार्य योजनालाई संसोधन गर्न माहतदका कलष्टरहरुलाई सक्रिय वनाइने भएको छ । वैठकले विभिन्न आठ ओटा कलष्टरहरुलाई यहि वैशाख २० गतेभित्र प्रतिकार्य योजनाको संसोधनका लागी सुझाव वुझाउन निर्देशन दिएको छ ।

आ–आफ्नो कलष्टरको वैठक वोलाई जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्ने सुझावका आधारमा विपद् प्रतिकार्य योजनाको संशोधन सहित अन्तिम रुप दिइने छ । यसअघि जिल्ला दैवी प्रकोप उद्धार समितिको नामले चिनिएको समिति आजैदेखी जिल्ला विपद् व्यवस्थापन समितिमा परिणत भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वंशिराज आचार्यको अध्यक्षतामा वसेको वैठकमा स्थानीय विकास अधिकारी भरत कुमार शर्मा, प्रहरी नायव उपरिक्षक रुपेश खड्का लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दहाल र नेपाल रेडक्रस सोसाइटी रुकुमका कार्यक्रम संयोजक नविनतम रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ