2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन हुने

पूर्णप्रसाद न्यौपाने/ पुस २८, ओखलढुंगा । ओखलढुंगामा लोकसेवा
आयोग तयारी कक्षा सञ्चालन हुने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद ओखलढुंगाले
नायव सुब्बा तथा खरिदार तयारी कक्षा सञ्चालन गर्ने भएको हो । आदिवासी जनजाती समुदायका युवाहरुलाई
निजामती सेवप्रती आकर्षीत गराउन तथा आयोगको तयारी गरिरहेकाहरुलाई थप सहयोग पु¥याउने उद्धेश्यले तयारी
कक्षा सञ्चालन गर्न लागिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का सचिव दिपेन्द्र
रुम्दालीले बताउनुभयो ।

उहाँका अनुसार यहि माघ १० गते बाट
ओखलढुंगा सदरमुकाममा लोकसेवा आयोग नायव सुब्बा तथा खरिदार तयारी कक्षा सञ्चालन हुनेछ । आवश्यक कागजात
सहित माघ ५ गते भित्रमा नाम दर्ता गराउने आदिवासी जनजाती युवाहरुलाई तयारी कक्षामा सहभागि गराईने
बताईएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् ओखलढुंगाले विगतका वर्षहरु देखि नै
लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई