2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा टिपरले किचेर एकजनाको मृत्यु

असोज ९, नुवाकोट | नुवाकोटको ओखरपौवामा गएराती टिपरले किचेर स्थानीय एक वृद्धको मृत्यु भएको छ | 

सदरमुकाम विदुरदेखि ५० किलामिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ सिसडोलमा टिपरले सोमबार राति बाटोमा हिँडिरहेका स्थानीय वृद्धलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो | मृत्यु हुनेमा ककनी गापा – १ कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामी रहेका छन् | बलामीलाई सिसडोलबाट तिनपिप्लेतर्फ जाँदै गरेको वा३ ख ३७३० नम्बरको ढुंगा बोक्ने टिपरले ठक्कर दिएको थियो | उनको मृत्यु भएपछि आफन्त तथा स्थानीयले यातायात बन्द गर्नुका साथै तिनपिप्ले-सिसडोल सडकखण्ड ठप्प पारेका थिए।

घटनालगत्तै स्थानीयवासीले सडकमार्ग अवरुद्ध गरेपछि क्षतिपूर्ति दिने सहमतिपछि सडकमार्ग सुचारु गरिएको प्रहरीले नुवाकोटले जानकारी दिएको छ । 

क्षतिपूर्ति पाउने सहमति भएपछि मृतकको शव उठाएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरिएको छ । सहमतिपछि यातायात सुचारु भएको नुवाकोट प्रहरीले जनाएको छ । वृद्दको मृत्यु भएपछि मंगलबार दिनैभर नुवाकोटको सिसडोल क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका थिए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई