गणेश सिर्पाली । वैशाख–१४, रुकुम । मुसिकोट खलंगा बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा कृष्ण वहादुर रोकायलाई सिफारिस गरिएको छ । हिजो बसेको क्याम्पस सभाको दोस्रो बैठकले रोकायलाई अध्यक्षका लागी त्रिभुवन विश्व विद्यालय सामु मनोनयनका लागी सिफारिस गरेको हो ।
अव त्रिभुवन विश्व विद्यालयले रोकायलाई मनोनयन गरेमा उहाँ आगामी कार्यकालका लागी क्याम्पस संचालक समितिको अध्यक्ष बन्नुहुने छ । यसैविच बैठकले क्याम्पस संचालक समितिको सदस्यमा ११ जनालाई निर्वाचित गरेको छ । क्याम्पस विगत १ वर्षभन्दा लामो समय देखी संचालक समिति विहिन थियो ।