२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

काँग्रेस रुकुमको जिल्ला समिति पूर्णता पायो

२०७३, २४ बैशाख शुक्रबार १२:५१

गणेश सिर्पाली/वैशाख २४, रुकुम । नेपाली काँग्रेस रुकुमको जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।

२२ र २३ गते बसेको कांग्रेस रुकुमको बैठकले विधानमा व्यवस्था भए वमोजिम जिल्ला कार्य समितिमा मनोनीत हुन बाँकी पदाधिकारी र सदस्यहरुलाई मनोनीत गरेर पूर्णता दिएको हो ।

जिल्ला सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा बसेको काँग्रेस कार्य समितिको दोस्रो पूर्ण बैठकबाट मनोनीत हुन बाँकी उप–सभापतिमा निर्वाचित सदस्य गञ्जसिंह बुढा, सचिवमा जनककुमार चन्द र सह–सचिवमा थलबहादुर खड्कालाई मनोनित गरिएको नेपाली काँग्रेस रुकुमले जनाएको छ ।

बैठकले जिल्ला कार्य समितिमा मनोनीत हुन बाँकी ८ जना सदस्य र आमन्त्रीत १० जना सदस्यको पनि टुङ्गो लगाएको नेपाली काँग्रेस रुकुमको प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । दुई दिनसम्म पार्टी कार्यालय मुसिकोट खलंगामा बसेको बैठकमा जिल्लाको समसामयिक राजनीतिक परिस्थिती, काँग्रेसले अपनाउनु पर्ने रणनीति, कार्य समितिका सदस्यहरुको आचार संहिता, मासिक लेवी रकम निर्धारण गरिनुका साथै पार्टी कार्यालयको भवन निर्माण गर्ने निर्णय समेत भएको छ ।

भवन निर्माणको लागि आर्थिक संकलन तथा निर्माण समिति, पार्टीका अन्य नेताहरु, भातृसंघ संस्थाका प्रमुख, उद्योगी व्यापारिहरुबीचको छलफल पछि मात्र अर्काे बैठकबाट गठन गर्ने निर्णय भएको छ । भवनको लागत इष्टमेट र नक्सा तयार गर्न जिल्ला सभापति ओलीलाई जिम्मा दिएको जिल्ला सचिव सचिव भीमबहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै आगामी जेठ पहिलो साता भित्रै नेपाली कांग्रेसको आयोजनामा सदरमुकाम खलंगामा गाउँ कार्य समितिका सभापति एवं पदाधीकारी सहितका अगुवा कार्यकर्ताहरु, क्षेत्रिय समितिका पदाधीकारी, सक्रिय सदस्यहरु लगायत पार्टीका सम्पूर्ण भातृ संगठनहरुका लागी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु