2026-10-15 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ढोडेखालीमा सुविधायुक्त बधशाला सञ्चालन

असोज १०, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीमा आधुनिक सुविधायुक्त खसी बोका मिनी बधशाला सञ्चालनमा ल्याइएको छ । उच्च मुल्यकृषि बस्तु विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको मिनी बधस्थल बुधवारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

४० लाख रुपैयाँको लागतमा निर्माण भएको बधशालाको आयोजनाले १७ लाख रुपैया अनुदान सहयोग गरेको छ भने बाँकी खर्च जेवी मिट एण्ड सेल्स गरेको थियो । चारवटा कोठाहरु रहेको बधशालामा बध गर्ने, मासु छुट्याउने, चिस्यान गरी राख्ने र बिक्री कक्ष राखिएको छ । मासु विक्रीको लागि बीरेन्द्रनगर बजारको जुम्ला सडकमा मासु पसल राखिएको सेल्सका संचालक जनकबहादुर थापाले बताए । बधस्थल संचालन भएपछि उपभोक्ताहरुले स्वच्छ र सफा मासु उपभोग गर्ने आयोजनाका पशु सेवा विज्ञ दामोदर न्यौपाने उल्लेख गरे । उनले  गुणस्तरीय मासु उत्पादन र आयोजनाले सहयोग गरी उत्पादन भएका खसी बोकाको विक्री वितरणमा सहजता ल्याउनको लागि बधस्थल निर्माणको लागि सहयोग गरेको पनि जानकारी दिए ।

आधुनिक सुविधायुक्त मिनीबध स्थलामा अहिले दैनिक पाँच वटासम्म खसीबध गर्ने गरिएको छ भने दैनिक पाँचवटा जीवित खसी समेत विक्री गरिँदै आएको छ । बधस्थलले पत्यक्ष रुपमा छ जनालाई रोजगारी समेत दिएको छ ।

वर्ष दिन लगाएर निर्माण गरिएको बधस्थलको उच्चमूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले उद्घाटन गदै बधस्थलबाट उत्पादन हुने मासुको गुणस्तरीयतामा ध्यान दिन संचालकलाई सुझाव दिए । उनले बधस्थल संचालनसँग उपभोक्ताले स्वच्छ मासु उपभोग गर्ने विश्वास पनि व्यक्त गरे ।

पशु तथापंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर कृष्णराज पाण्डेले बधस्थलमा बध गर्नु अघि र बध गरीसकेपछि मासुको जाँच गरी बजारमा पुर्याउन सकेमात्र मासुको गुणस्तरीयता काम हुने बताए । यस्तै वडाध्यक्ष गंगाराम सुनारले बध स्थलनिर्माणमा सहयोग गरेकोमा आयोजनालाई धन्यवाद दिँदै यसको संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा कर्णाली प्रदेशका पशु पंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख सुमिन्द्र यादव, कृषि तथा पशुपंक्षी मन्त्रालयका उपसचिव शिरिष पुन, सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावत, पशु अस्पताल तथा ज्ञान केन्द्र सुर्खेतका प्रमुख उत्तम थापाललगायतले आफनो भनाई राखेका थिए ।

यसैविच, उच्चमूल्यकृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी सम्मानित भएका छन् । आफ्नो वडामा मिनी बधस्थल निर्माण गरी उपभोक्तालाई गुणस्तरीय मासु उपभोग गर्न सहयोग गरेको भन्दै बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ ले उनलाई सम्मान गरेको हो । वडाध्यक्ष गंगाराम सुनारसहितका जनप्रतिनिधीले आयोजना प्रमुख भारीलाई कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु