2026-09-19 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण

असोज ११, भद्रपुर | सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । 

भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारका क्षेत्रमा काम गर्दै आएको ‘हिमालयन एनिमल रेस्क्यु ट्रष्ट’ (हार्ट)को सहयोगमा सञ्चालित पाँच दिने शिविरमा दैनिक ४० का दरले सडक कुकुरको बन्ध्याकरण गर्दै आएको छ । उक्त नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो चौथोपटक हो । भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । 

डा चन्द्र राई, डा विशाल चौधरी, डा समीर थापा, डा गोपाल देवकोटालगायतको प्राविधिक टोलीले यसअघि मेचीनगर नगरपालिकाको विभिन्न वडामा कुकुरको बन्ध्याकरण शिविर गरेको थियो । उक्त शिविरमा १५० बढी कुकुरको बन्ध्याकरण गरिएको उक्त नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकामा नेपालमा सन् २०१०मा ‘हार्ट’को स्थापना पछि बध्याकरण शुरु गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ