२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रक्सिका वोतमा महिलाको फोटो नराख्न आग्रह

२८ बैशाख २०७३, मंगलवार १३:०३

गणेश सिर्पाली/वैशाख–२८, रुकुम । मदिरा उत्पादन, विक्रिवितरण तथा सेवनले समाजलाई विकृतिको खाडलमा पु¥याएको भन्दै रुकुमका महिला अधिकारकर्मिहरुले राज्यको ध्यानाकर्षण गराएका छन । रक्सीका वोतलहरुमा महिलाको तस्विर नटाँस्न पनि उनिहरुको आग्रह छ ।

मंगलवार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र वुझाउँदै राज्यको ध्यानाकर्षण गराईएको हो । समाजमा विभिन्न खाले विकृतिहरु मौलाईरहेको त्यसमा मदिरा प्रमुख रुपमा देखिएको ज्ञापनपत्रमा उल्लेख छ । मदिरा उत्पादनले समाजमा २÷४ जनालाई उन्नतिको शिखरमा पु¥याएको भएपनि अन्य हजारौँलाई घरवास विहिन वनाएको छ, ज्ञापनपत्रमा भनिएको छ – कालो धन असुल्ने नाममा हत्या, लुटपाट, वलत्कार, घरेलु हिंसा जस्ता घटनाहरु भैरहेका छन् यसको हामी खुलेर विरोध गर्छौँ ।

पारिवारीक रुपमा विछोड, वालवालिका वेवारिसे हुनु, जस्ता घटनाहरु मदिरा सेवनले नै हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ । कालो धन असुल्ने नाममा रक्सी तथा वियरका वोतलहरुमा महिलाका तस्विरहरु टाँसिएको छ, यसको अन्त्य गरी स्वस्थ सुन्दर र समुन्नत समाजको निर्माण गर्नु हामी सवैको कर्तव्य हो, यि विकृतिहरु वन्द गरि सुन्दर रुकुम निमार्णको प्रकृयामा सहभागि हुन आह्वान गर्दै हार्दिककता पुर्वक गरिएको अनुरोधलाई लत्याएमा जतिवेला पनि पनि आन्दोलनको निशानी वन्न सक्ने कुरा ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन–पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले मागहरु प्रति आफु सकारात्मक रहेको भन्दै सम्वन्धित निकाय सम्म पु¥याएर आफुले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । अन्तरपार्टी महिला सञ्जाल रुकुमकी अध्यक्ष दिला महतराको नेतृत्वमा ज्ञापनपत्र वुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य