2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिएन

समुन्द्रा घिमिरे | असोज १२, बेंसीशहर | विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन । 

जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास पुननिर्माण कार्यक्रमअन्तर्गत सरकारले वितरण गर्ने अन्तिम किस्ता बराबरको रकम पीडितले पाएका छैनन् । 

निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या ४ सय ४ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाकोे तथ्यांकमा देखिन्छ । जिल्लाका १३ हजार ९ सय ५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३ सय १३ घरपरिवारले पहिलो किस्ता अनुदान सम्झौता गरिसकेका छन् । आवास प्रवलीकरण सूचीमा परेका ५ सय ३९ लाभग्राही मध्यमा हाल सम्म २ सय ९५ घरपरिवारले मात्र पहिलो किस्ता बराबर ५० हजार रुपैया भुक्तानी गरिएको जिल्ला आयोजना कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ रहेको छ । 

बेसीशहर नगरपालिकामा १ सय ५१ घर, मस्र्याङ्दी गाउँपालिकामा १ सय १८ घर, दुधपोखरी गाउपालिकामा ५९ घर, मध्यनेपाल नगरपालिकामा ४५ घर, क्व्होलासोंथर गाउँपालिकामा २२ घर, दोर्दी गाउँपालिकामा ८ घर, राइनास नगरपालिकामा १ घर निर्माण सम्पन्न पश्चातको तेस्रो किस्ता वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकामा तेस्रो किस्ता वितरण कार्य सुरु नभएको उहाँले बताउनुभयो । 

अब पहिलो किस्ताका लागि रकम माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको उहाँले बताउनुभयो । जिल्लाका लाभग्राहीमध्ये १३ हजार ३ सय ४ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । पहिलो किस्ताको तुलनामामा दोस्रो र अन्तिम किस्ता रकम निकासा हुनेको संख्या न्यून देखिन्छ । जिल्लामा हालसम्म चार हजार ४ सय २७ घरपरिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् । दुई सय घरपरिवारलाइ गैरसरकारी संस्थामार्फत पहिलो र दोस्रो किस्ता प्रदान गरिएकोे थियो । 

लाभग्राहीले आफ्नो वडामा सम्झौता त्यसको रेकर्ड हामीसम्म आउनासाथ पहिलो किस्ता प्राप्त गर्न सकिने व्यवस्था छ, त्यसकारण प्रथम किस्ता निकासामा समस्या नभएको उहाँले बताउनुभयो । दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न आवास निर्माण भई त्यसको परीक्षण हुनुपर्छ । जिल्लामा पुननिमार्णको काम नै ढिलो सुरु भएको भन्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा दोस्रो किस्ताको रकम निकासामै बढी जोड दिएका कारण पनि अन्तिम किस्ता लिनेको सख्या न्युन रहेको रेग्मीले बताउनुभयो । 

भौगोलिक अवस्थाको कठिनाई र प्राविधिक परिचालनमा ढिलाई भएकाले निर्माण हुँदै गरेका घरको चेकजाच र सिफारिसमा केही सुस्सता आएको गुनासोपछि प्राधिकरणले प्राविधिक थप गरेको जिल्ला समन्वय प्रमुख प्रमुख लोकराज पाण्डेले बताउनुभयो । प्राविधिक परिचालन अगावै निर्माण सम्पन्न घरहरुको किस्ता छिटो सिफारिस हुनुपर्नेमा जोड दिएको छु, उहाँले भन्नुभयो ‘जनता यसै त पीडित छन्, त्यसमाथि झन ऋणको बोझ नथपियोस् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने