२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

निर्माण व्यवसायी महासंघमा रामेछापबाट उपमहासचिवसहित ७ जना निर्वाचित

१२ आश्विन २०७५, शुक्रबार १३:२०

प्रज्वल पौडेल । असाेज १२, काठमाण्डौ ।

नेपाल निर्माण व्यवसायी महासंघमा रामेछाप जिल्लाबाट उपमहासचिवसहित ७ जना निर्वाचित भएका छन् । राजधानीमा असोज ४, ५ र ६ गते भएको अधिवेशनमा रामेछाप लखनपुरका धुलिखेल निर्माण सेवाका टंकप्रसाद चौलागाई महासचिव (नीतिगततर्फ)मा र मुगिटारका गाल्वा निर्माण सेवाका नरहरी थपलिया उपमहासचिव (आन्तरिकतर्फ) निर्वाचित भएको रामेछाप निर्माण व्यवसायी संघका रामकुमार पाण्डेले जानकारी दिए । 

उनका अनुसार कोषाध्यक्षमा ठोसेका सइलोन कम्पनी लिमिटेडका हिरण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा बाम्तिका एस् के समिक्षा कम्पनी लिमिटेडकी सरस्वती कार्की निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा साघुँटारका अशोक केसी निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश ३ को उपाध्यक्षमा चुचुरेका च्याङमिला कम्पनी प्रालिका पेम्बा लामा शेर्पा र एसोसियटको उपाध्यक्षमा पी एस् कम्पनि प्रालिका आङदोर्जी लामा (एडि)  निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुले सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहेको बताएका छन् । निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्यले दिए मात्र समयमा काम सम्पन्न हुने धारणा राखे । 

व्यवसायीहरुले ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाएर व्यवसायलाई वैज्ञानिक प्रणालीको आधारमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

चुनावमा रामेछाप गुम्देलका एन सि शेर्पाले एसोसियट सदस्य, लक्ष्मी बस्नेतले महासंघ खुल्ला सदस्य र बुद्धि बहादुर कार्कीले प्रदेशको खुल्ला सदस्यमा पराजय भएका थिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा यक्षध्वज कार्कीलाई पराजित गर्दै रवि सिंह विजयी भए । अधिवेशनले अन्य पदाधिकारीसमेत निर्वाचित गरेको थियो ।

कुल ५५ सदस्यीय कार्य समितिमध्ये ४६ पदमा निर्वाचन सम्पन्न भएको हो भने बाँकी सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने महासंघले जनाएको छ।

राजनीति गर्नेलाई भन्दा काम गर्ने व्यवसायीलाई जिताउन रामेछापका निर्माण व्यवसायीको आग्रह



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य