2026-09-13 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पलाँता निर्माण कार्यदल: पाँच किलोमिटर खानेपानी आयोजना सम्पन्न

असोज १२, कालिकोट | पलाँता निर्माण कार्यदलले थलातलसेरी खानेपानी आयोजनाको ५७ सय मिटर पाइप दबाउने काम सम्पन्न गरेको छ । 

थलातलसेरी धौलागोह खानेपानी आयोजना २४ किलो मिटरलामो  खानेपानी आयोजना हो । यसै बर्ष उक्त आयोजना सम्पन्न हुने गरी कार्य संचालन गरिएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् । पानी यसै बर्ष धौलागोह पुगेपनि घरघरमा धारा दिने काम अर्को बर्ष बाट सुरु गरिने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलातिकान्छाले बताए । 

पलाँता गाउँपालिकाको वडा नं. २,३,४,५,७ र ८ मा खानेपानीको चरम अभाव छ ।  अन्य वडाको तुलनामा पलाँता १,६ र ९ पानीका लागि सहजता भएका वडा हुन् ।

निर्माणदललाइ ड्रेस वितरण

गाउँपालिका अध्यक्ष कोषबाट पलाँता निर्माण कार्यदल लाइ ड्रेस वितरण गरिएको छ । शुक्रबार पलाँता अध्यक्षले पलाँता निर्माणदलका १ सय १५ जनालाइ डे«स वितरण गर्नु भएको हो । डे«स लिन थलातलसेरी खानेपानी आयोजनाबाट थिर्पु ९ पुगेका कार्यदल सदस्यहरुले पलाँतामा विकासको लहर छुटाउने बताए । 

मासिक २० हजार तलव, २ हजार मासिक बचत र २ हजार सामाजिक लगानी गरी जम्मा २४ हजार तलव निर्माण कार्यदलले पाउदै आएका छन् । सामाजिक लगानी कोष बाट बिरामी उपचार, राहत उद्धार लगाएतका कार्यहरु गरिरहेका छन् । झोला, सिलिपिग ब्याग, जुत्ता, हेल्मेट, डे«स, र टिसट पलाँता निर्माण कार्यदलले शुक्रबार प्राप्त गरेका छन् । खानेपानीका लागि बोतल, रेनकोड, टर्चलाइट र १९ जनाको टिममा एक संचार सेट समेत यसै महिनाबाट प्राप्त गर्ने छन् ।

यसै बर्ष पलाँता निर्माण कार्यदल १ सय ५० जना पुग्ने

पलाँता निर्माण कार्यदलको टिममा ३५ जना थप गरेर यसै बर्ष १ सय ५० जना पु¥याइने छ । यो पलाँता निर्माण कार्यदलको दोस्रो बर्ष हो । तेस्रो बर्ष पलाँता निर्माण कार्यदलको संख्या ३ सय पु¥याइने गरि आवश्यक तयारी भइरहेको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद कुस्माले बताए । पलाँता निर्माणदलले अहिले खानेपानी, बिद्युत र सडक निर्माणमा काम गरिरहेका छन् । पलाँतामा ५ वटा साना बिद्युत आयोजना मध्य ३ वटा सम्पन्न भइसकेका छन् । पलाँतामा विकास निर्माण कार्यदल निर्माण भएपछि बिकास निर्माण कार्यमा सहजता आएके छ ।

इन्टरनेट संग जोडियो पलाँता

कालिकोट जिल्लाको दुर्गम गाउँपालिका पलाँता इन्टरनेट संग जोडीएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारी निकायमा इमेल इन्टरनेटको पहँुचमा पुप्याउने उदेश्यले इन्टरनेट जोडीएको हो ।

ईन्टरनेट प्रदायक प्राइभेट संस्था वल्ड लिंक ले पलाँतामा इन्टरनेट पु¥याएको हो । पहिलो पटक शुक्रबार गाउपाँलिका र सरस्वती माध्यामिक बिद्यालयमा इन्टरनेट सेवा दिएको वल्ड लिंकले स्वास्थ्य चौकी, बिद्यालय, वडा पालिकामा इन्टरनेट सेवा दिने पलाँताका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद कुस्माले बताए ।

यहाँ अर्को प्राइभेट इन्टरनेट प्रदायक संस्था एभरेष्ट लिंकले समेत सेवा बिस्तार गरेको छ । संचार सेवा बाट बिमुख पलाँतामा नेपाल टेलिकमले समेत जिएसएम टेलिफोन सेवा संचालन गर्ने तयारी थालेको छ ।

गाउँ पालिकामै पहिलो पटक नेट चलेपछि स्थानीय युवाहरु रातैभरी गाउँपालिका कार्यालय वरीपरी झुम्मीए स्थानीय राजबहादुर बमले बताए ।  बिद्यालयमा ईन्टरनेट सेवा प्रभाव गर्दा स्कुले बिद्याथी र शिक्षक सामाजिक सञ्जालमा बढी बस्त हुने सम्भावना बढेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले