२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा आंशिकक्षती व्यहोरेकालाई पनि राहत

७ माघ २०७२, बिहीबार १०:०८

rahat Okhaldhunga (2)

पूर्णप्रसाद न्यौपाने । माघ
७, ओखलढुंगा  । ओखलढुंगामा भूकम्पबाट आंशिकक्षती व्यहोरेकाहरुलाई पनि राहत वितरण गरिएको छ । संस्थागत
विकास सञ्जाल ललीतपुर र एमसिसी नेपालको सहयोगमा ग्रामिण महिला जागरण समुहले जिल्लाको प्राप्चा,पात्ले र
राँगादिप गाविसका आंशिक क्षेती व्यहोरेका भूकम्प पिडित परिवारलाई राहत वितरण गरेको हो ।

स्थानिय ४ सय १३ परिवारलाई प्रतिपरिवार विभिन्न साईजका ५ वटा ज्याकेट, २ वटा
म्याट, २ वटा ब्लाङकेट र ५ केजी प्लाष्टिक लगाएतका राहत सामाग्री वितरण गरिएको महिला जागरण समुह
ओखलढुंगाकी सचिव मिरा दाहालले बताउनुभयो । भूकम्पको क्षेती र पिडा सबैमा उत्तीकै रहेपनि सरकारले
प्राविधिकको मूल्याङ्कनका आधारमा पूर्णक्षतीका पिडितलाई मात्रै प्राथमिकता दिएर राहतका कार्यक्रमहरु
ल्याएकाले आफुहरुले आंशिकक्षेतीमा परेकाहरुलाई समेट्ने प्रयास गरिएको उहाँको भनाई छ । राहत पाएपछि
आंशिक्ष क्षेतीमा परेका भूकम्प पिडितहरु पनि खुःसी भएका छन् । राज्यका तर्फबाट अहिले सम्म एउटा पाल र ३
हजार रकम मात्रै पाएको भएपनि पछिल्लो समय महिला जागरणले दिएको सहयोगले तत्कालको आवश्यकता पुरागरिएको
पात्लेका भूकम्प पिडित मकर बहादुर तामाङले बताउनुभयो ।

rahat okhaldhunga

पूर्णक्षती व्यहोरेकाहरुलाई मात्रै राहत वितरण गरिरहँदा आफुहरुलाई समस्या भएता पनि महिला
जागरणले आंशिक क्षतीका पिडितलाई पनि राहत दिनु अत्यन्तै प्रभावकारी काम भएको पात्लेका गाविस सचिव गणेश
बास्तोलाले बताउनुभयो । सरकारले पनि आंशिक क्षतीका पिडितलाई थप सहयोग गर्न सक्नुपर्ने उहाँको भनाई छ ।
महिला जागरणले भूकम्प पछि राहत र उद्धारका विभिन्न कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली