2026-09-08 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

बेंसीशहर–चामे सडकखण्ड सञ्चालन

असोज १४, बेसीशहर | हिमालपारिको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा आएको छ । 

गत भदौ २७ गते अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बँेंसीशहर–चामे सडकखण्ड आज दिउँसोदेखि सञ्चालनमा आएको हो । 

वर्षापछि आएको बाढीपहिरोले मस्र्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बँेंसीशहर–चामे सडकखण्डको वैकल्पिक सडक नहुँदा मनाङका साथै उत्तरी भेगका घेर्मु, ताघ्रिङलगायतका स्थानीयवासीले समस्या भोग्नुपरेको थियो । 

अवरुद्ध सडक नियमित गर्न विस्फोटक पदार्थ र जेनेरेटरसहित ‘कम्प्रेसर’ यन्त्रको प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । डिभिजन सडक कार्यालय दमौलीको प्राविधिक सहयोग, बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभीर अर्खलेतर्फको अवरुद्ध सडक खुलाइएको उहाँले बताउनुभयो । चट्टान हटाई विस्फोटन गराउन नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका थिए । 

पहिरोमा फसेका १४ सवारीसाधन निकालिएसँगै सडक नियमित भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । बाटो खुलेसँगै मनाङ तथा उत्तरी लमजुङका बासिन्दालाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ