आई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आई"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विद्यार्थीहरुलाई मानविय सेवामा अग्रसर गराउँदै गौरीशंकर क्याम्पस

२०७५, १४ आश्विन आईतवार १४:५८

ताराबहादुर महत । असोज १४, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ । 


आईतबार विहान क्याम्पसमा आयोजित एक कार्यक्रमकाबिच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी, दोलखा शाखाको समन्वय र न्याय हेल्थ नेपाल, दोलखा सामुदायिक अस्पताल तथा च्छोरोल्पा जनरल अस्पतालको प्राविधिक सहयोगमा  विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको क्याम्पस प्रमुख शान्त के.सी.ले जानकारी दिनुभयो । 

कार्यक्रममा गौरीशंकर क्याम्पसको विभिन्न तहमा अध्ययनरत १ सय ७ जना विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको क्याम्पस प्रशासनले जनाएको छ । साथै करिब आधा दर्जन विद्यार्थीहरुले रक्तदान गरेको बताईएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले रक्तदान गरेर मानिसलाई नयाँ जीवन दिन सकिने भएकोले रेडक्रसले भुकम्पपछि अबरुद्ध भएको ब्लड बैंक पुनः शुचारु गरिएको बताउनुभयो । त्यसैगरी न्याय हेल्थ नेपालका प्रतिनिधि डाक्टर विनोद दंगाल र दोलखा सामुदायिक अस्पतालका डाक्टर अमोघ बस्न्यातले रक्तदान गर्दाको फाईदा र रक्तदान गर्न सकिने अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

क्याम्पसका विद्यार्थी र प्राध्यापकहरुको रक्त समूह परिक्षण गरी आवश्यकता परेको खण्डमा रक्तदान गरेर आकस्मिक रुपमा हुने रगत अभावको बेला बिरामीको ज्यान बचाई मानविय सेवामा अग्रसर गराउने उद्धेश्यले रक्त समूह परिक्षण गरिएको क्याम्पस प्रमुख केसीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै