2026-09-13 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै परिवारका चार जनाको हत्याकाण्ड: आफ्नै ससुराद्वारा योजानाबद्ध हत्या

प्रेम सुनार | असोज १५, बुटवल । प्रदेश ५ को प्रहरीले नेपालगञ्जमा १३ बर्ष अघिको चर्चित सुनचाँदी ब्यबसायी  दिपक हेमकार परिबारका चार जना  हत्या काण्डका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएको छ । मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनी भएको खुलेको छ ।

२०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाईनमा ८२ बर्षिय गुलावदेवि हेमकार, ६२ बर्षका जगदेव हेमकार , ४२ बर्षकी सीता देवि हेमकार , ३२ बर्षका दिपक हेमकार र बाँके कुसुमका कामदार राम शनिच्चर चौथरी सहित पाँच जनाको घाँटी रेटेर हत्या गरिएको थियो ।

प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्व्यमा मृतक दिपकका ससुरा किशोरलाल सोनीलाई मुख्य योजनाकारका रुपमा १३ बर्ष पछि पक्राउ गर्न सफल भएको हो । बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौड्यालका अनुसार दिपकका ससुरा किशोरलालले आर्थिक कारणबाट  ज्वाँई सहित एकै परिवारका चार जना र एक जना कामदारको समेत हत्या गर्ने योजना बनाएको खुलेको छ ।

किशोरलालले सुरुमा अर्काकोमा सुन चाँदीको  मिस्त्रीका रुपमा काम गर्थे ।  नरसंहार हत्या काण्डा पछि उनि लखनउको प्रियादर्शन कोलोनीमा बसोबास गर्दै त्यसको भुई तलमा ‘दीप ज्वैलर्स’ सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । दिपक हेमकार संग उनकी छोरी दीपाको विवाह भएको एक बर्ष पछि जघन्य हत्या काण्डा घटाईएको थियो ।

श्रीमान सहित पाँच जनाको हत्या पछि उनकी श्रीमति दीपाले  दुई बर्ष पछि जम्मा ८७ लाखमा दिपकको सबै सम्पत्ती बेचेर  भारत तिर बेपत्ता भएकी थिईन । बाँके प्रहरी प्रमुख पोखरेलले उनको खोजी कार्य भई रहेको बताए । त्यति बेला माओवादी जनयुद्ध र संकटकाल लागेको बेला सेना सहित सुरक्षा निकायको बाक्लो उपस्थितीका बाबजुद पनि ब्यस्त नेपालगञ्ज बजारको माथील्लो तलामा रहेको सुन चाँदी पसलमा तिन जनाको समुह प्रबेश गर्दै  ५ जनाको हत्या गरी २९ लाख बराबरको सम्पत्ती लुटिएको थियो । 

त्यस राती सेनाको गस्ती भई रहेको थियो । अपराध अनुसन्धान विभागले कुकुर सहितको टोली झिकाएर अनुसन्धान गर्दा पनि अपराधीहरु पत्ता लगाउन सकेको थिएन । तत्कालिन अञ्चल प्रहरी  प्रमुख  राजेन्द्र सिंह भण्डारीले त्यस घटनाको अनुसन्धान गरेका थिए ।  लामो समय सम्म घटनाका अपराधी पत्ता नलागे पछि फाईलनै बन्द गरिएको थियो ।

लामो समय देखि बन्द फाईल रहेको  रहस्यमय त्यस चर्चित हत्या काण्डलाई कार्यभार सम्हालेको दिन देखि  प्रदेश प्रहरी प्रमुख  डिआईजी शेरबहादुर बस्नेतले आफ्नो पहिलो मिशन बनाउँदै आएका थिए । त्यस मिशनमा उनले बाँके प्रहरी प्रमुख पोखरेल लगायत मातहतका पुरै  टिमको साथ लिदै आएका थिए ।

अन्ततः बन्द फाईल र  सर्वसाधरणमा गुमनाम बनेको १३ बर्ष पछि हत्याको मुख्य योजनाकार  पत्ता लगाए । यति बेला नेपालगञ्जबासीमा खुशी छाएको छ ।  हत्यामा संग्लग्न दिपककी श्रीमति दीपा सहित  अरु संलग्नहरुको  खोजी कार्य तिब्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पत्ती कै कारण एक बर्ष अघि छोरी दीपा संग बिबाहको नाटक र पुरै परिबारको बंशनास गर्ने ससुरा किशोरलाल अहिले बाँके प्रहरी हिरासतमा छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले