२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बालकृष्ण ढुंगेल विरुद्धको फैसला उल्टाउन एमाओवादी ओखलढुंगाको माग (विज्ञप्ती)

७ माघ २०७२, बिहीबार ११:१७

balkrishna-dhungelपूर्णप्रसाद न्यौपाने ।
माघ ७, ओखलढुंगा । पूर्व सांसद बालकृष्ण ढुंगेल विरुद्ध सर्वोच्चले गरेको फैसला उल्टाउन एनेकपा माओवादी
ओखलढुंगाले माग गरेको छ । पार्टीले ढुंगेलको गृह जिल्ला ओखलढुंगामा आज पत्रकार सम्मेलन गर्दै ढुंगेलका
विरुद्धमा सर्वोच्चले गरेको सर्वस्व सहित आजिवन काराबासको फैसला उल्टाउन माग गरेको हो ।

जनयुद्धकालीन राजनैतीक मुद्धामा सर्वोच्च अदालतले पटक पटक यस्तो फैसला गरेर
जनयुद्धका सिपाहिहरुलाई फसाउने षड्यन्त्र गरिरहेको एनेकपा माओवादी ओखलढुंगाका अध्यक्ष बाबुराम गौतमले
बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले सर्वोच्चको फैसला उल्टाउन पार्टीको शिर्षतह र सरकारको
ध्यानाकर्षण गराउने र माग सुनुवाई नभएर थप शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

सर्वोच्चको फैसला विस्तृत शान्ति सम्झौता,नेपालको संविधान २०७२ को मर्म र भावना
विपरीत भएको भन्दै तत्काल फैसला नउल्टाए सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टी मूख्यालयलाई
ध्यानाकर्षण गराउने एनेकपा माओवादी ओखलढुंगाले जनाएको छ ।

ओखलढुंगाका उज्जवन कुमार श्रेष्ठको हत्या आरोपमा पछिल्लो पटक सर्वोच्च अदालतले २०७२ षौष २४
गते पुरानै फैसलालाई सदरगर्दै सर्वस्व सहित आजिवन काराबासको फैसला सुनाएको थियो ।

BIG

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने