फागुन २०, रोल्पा । सत्य तथ्य समाचारको पहिचान, नयाँ आवाजको खोजी हाम्रो अभियान भन्ने मुल नाराका साथ सामुदायिक रेडियो रोल्पाले आगामी फागुण २६ गते देखि तिन दिने आधारभुत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ ।
दुर दराजमा लुकेर रहेका आवाजहरुलाई वाहिर ल्याई ग्रामिण वस्तीका सत्य तथ्य समाचार बाहिर ल्याउनमा मद्धत पु¥याउने उद्धेश्यले तालिमको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष भोलानाथ आर्चाय बि.एनले जानकारी दिनुभयो ।
मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पा द्धारा सञ्चालित रेडियो रोल्पा जिल्ला कै पहिलो सामुदायिक रेडियो हो । खासगरी गाँउ गाँउमा लुकेर रहेका सत्य समाचारहरु अझै पनि वाहिर आउन कठिन हुने भएकाले यस तालिमले थप सहयोग पु¥याउने रेडियोका स्टेशन म्यानेजर घनश्याम आर्चायले बताउनुभयो । जीवन डाँगीको सहयोगमा